306 Views
१९ मंसिर, काठमाडौं ।
आफ्नै पिताबाट असुरक्षित रहेको सूचना पाएपछि काठमाडौं महानगरपालिकाले तीन बालबालिकाको उद्धार गरेको छ । उनीहरुको उद्धारका साथै उनका पितालाई हिरासतमा राखिएको महानगरले जनाएको छ ।
घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको हो । महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवा र बाल हेल्पलाइनसहितको संयुक्त टोलीले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको हो ।
११ वर्षिया बालिका कक्षा ६ मा अध्ययनरत छिन् भने उनका ७ र ९ वर्षिय भाइहरु छन् । उद्धार गरिएकी बालिका आफ्नै सौतेनी बुवाबाट जबरजस्ती करणीमा परेको जानकारी महानगरले दिएको छ ।
बालिका अध्ययनरत विद्यालय महानगरकै क्षेत्रभित्र पर्ने भएकाले प्रहरी वृत्त वौद्धको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । करणीको अभियोग लागेका पितालाई प्रहरी वृत्त, वौद्धले पक्राउ गरी हिरासतमा राखेको छ भने बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको छ ।
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
King88winvip, se você quer se sentir um rei no mundo das apostas, esse é o lugar! Atendimento VIP, bônus generosos e uma plataforma que te deixa no comando! Seja o rei no king88winvip.