काठमाडौं - कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार केवल शारीरिक स्पर्शमा मात्र सीमित नहुने भन्दै सर्वोच्च अदालतले मौखिक दुर्व्यवहारलाई पनि गम्भीर कसूरका रूपमा व्याख्या गरेको छ। महिलाको संवेदनशील अंगबारे गरिएको अनुचित टिप्पणीका कारण सेवाबाट हटाइएका कर्मचारीसम्बन्धी मुद्दामा सर्वोच्चले बर्खास्तीको निर्णय कानूनसम्मत हुन सक्ने ठहर गरेको हो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको...थप पढ्नुहोस्
काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया र सरकारले ल्याएका अध्यादेशप्रति गम्भीर असन्तुष्टि जनाएको छ। बारले शुक्रबार विज्ञप्ति जारी गर्दै संवैधानिक मर्म र शक्ति पृथकीकरणको सिद्धान्त कमजोर बनाउने गरी न्यायपालिकामा दीर्घकालीन असर पर्ने निर्णयहरू गरिएको आरोप लगाएको हो। महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा सरकारको पछिल्लो कदमले...थप पढ्नुहोस्
काठमाडौं - सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको साँचो, लाइसेन्स वा ब्लुबुक जफत गर्ने अभ्यासमाथि सर्वोच्च अदालतले प्रश्न उठाउँदै त्यस्तो कार्य रोक्न निर्देशन दिएको छ। अदालतले यसलाई कानूनविपरीत र स्वेच्छाचारी व्यवहार ठहर गरेको हो। गत ६ पुसमा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा ट्राफिक प्रहरीले सवारी चालकको चाभी लगायतका सामग्री नियन्त्रणमा...थप पढ्नुहोस्
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित अभियोगपत्र संशोधन प्रकरणमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अझै निष्कर्षमा पुग्न सकेको छैन। चार दिनदेखि निरन्तर बहस चलेपछि अदालतले पुनः आदेश जारी गर्दै आगामी चैत ९ गतेका लागि पेशी तोकेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधन प्रक्रियामा गरिएको...थप पढ्नुहोस्
भक्तपुर - महिला कानून व्यवसायीहरूको सहभागिता, समावेशिता र न्याय प्रणालीमा भूमिका सुदृढ गर्ने उद्देश्यसहित ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुन लागेको छ। नेपाल बार एसोसिएसनको आयोजनामा दुई दिने कार्यक्रम शुक्रबारबाट सुरु हुँदैछ। कार्यक्रमको सुरुआत भक्तपुरस्थित दत्तात्रय मन्दिरबाट प्रभातफेरीमार्फत गरिनेछ, जसपछि बिहान साढे ७ बजेदेखि औपचारिक कार्यक्रम सञ्चालन हुने नेपाल बारका...थप पढ्नुहोस्