115 Views
२ माघ, काठमाडौं।
न्यून मुद्दाका कारण बुधबार विशेष अदालतले पेसी नै तोकेको छैन । विशेषमा ५० भन्दा पनि कम मुद्दा किनारा लाग्न बाँकी रहेकाले पेसी चढाउने मुद्दा नै नभएको विशेषले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नै एउटा मुद्दा दर्ता गराएपछि हाल फर्छ्योट हुन बाँकी मुद्दाको संख्या ४९ पुगेको छ । ‘धेरै कम मुद्दा भएकाले हामीले तयार गर्ने साप्ताहिक पेसीमा आजलाई राख्ने मुद्दा नपुगेको हो । मुद्दा नपुग भएर आज पेसी नचढाएका हौँ,’ विशेषका सूचना अधिकारी तथा शाखा अधिकृत यज्ञराज रेग्मीले भने ।
सूचना अधिकारी रेग्मीका अनुसार नयाँ दर्ता भएका कतिपय मुद्दामा अंग नपुगेकाले पेसी नचढाइएको हो । ‘अहिले हामीसँग भएका ४९ वटामा ६ महिना नाघेका मुद्दा १८ वटा छन् । अरु सबै नयाँ मुद्दा हुन्,,’ उनले भने ।
रेग्मीका अनुसार मुद्दा हेर्नुपर्ने नभएपछि बुधबार विशेषका न्यायाधीशहरु फैसला लेखनमा लागेका छन् । डेढ सय हाराहारी मुद्दाका फैसला तयार गर्न बाँकी रहेको विशेषले जनाएको छ । कम मुद्दा भएकाले न्यायाधीशहरु फैसला लेखनमा सक्रिय रहेको र छिट्टै सबै मुद्दाको पूर्णपाठ सकिने अधिकृत रेग्मीको भनाइ छ ।
विशेषका अध्यक्षमा टेकनारायण कुँवर छन् भने खुसीप्रसाद थारु, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्यका रुपमा छन् । विशेष अदालत भ्रष्टाचार, सम्पत्ति शुद्धिकरणजस्ता केही मुद्दा हेर्नका लागि संविधानबमोजिम गठित विशिष्टिकृत अदालत हो ।
गत १२ पुषमा न्याय परिषद्को बैठकले थारुको सरुवा उच्च अदालत वीरगञ्ज इजलास गरेको थियो । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई ल्याइए पनि उनी विशेषमा हाजिर भइसकेका छैनन् ।
मिश्रमाथि प्रतिकूल बकपत्रको मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गरेको भन्दै एक मुद्दा दर्ता गरएको छ । बुधबार चन्दन कुमार मिश्रउपर उक्त अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
मिश्रले साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीमाथिको घूस रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको अख्तियारको अभियोगपत्रमा छ । यसै वर्ष २८ भदौमा सुवेदीमाथि मुद्दा दायर भएकोमा मिश्रले अदालतमा बयान फेरेका थिए ।
प्रहरी निरीक्षक सुवेदीले मिश्रको भाइमाथि लागेको साइबर अपराधको मुद्दा मिलाइदिने भनी ९९ हजार रुपैयाँ घूस लिएको अभियोग अख्तियारले लगाएको थियो । तर मिश्रले अदालतमा बयान फेरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएको हो ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
Solid article! Thinking about bankroll management & game selection is key to long-term success. Platforms like tbjili com offer diverse options, but discipline is still paramount. Great read!
Downloaded the 22betapk app. So far, seems pretty smooth. A lot more convenient for playing on the move. Check them out 22betapk and play anywhere!