90 Views
२४ मंसिर,
काठमाडौं ।विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले डा. केशवलाल भुर्तेललाई सफाइ दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा उनी र उनकी श्रीमती रुकमणी भुर्तेलले सफाइ पाएका हुन् ।
सोमबार सर्वोच्चको संयुक्त इजलासले भुर्तेल दम्पत्तिलाई सफाइ दिने फैसला गरेको हो । पाँच वर्ष अघि दायर पुनरावेदनका तीन वटा मुद्दामा यस्तो फैसला भएको हो । भुर्तेल दम्पत्तिले दायर गरेको दुई पुनरावेदन तथा सरकारका तर्फबाट दर्ता भएको पुनरावेदन लगाउमा राखिएका थिए ।
सर्वोच्च प्रशासनले अभियान फाँटमा राखेको यो मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले यस्तो फैसला गरेको हो । भुर्तेल दम्पत्तिले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेकोमा दम्पत्तिको मुद्दामा उल्टी र सरकारको पुनरावेदनमा जिकीर नपुग्ने फैसला भएको हो ।
विशेषका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु प्रमोदकुमार वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले गरेको फैसलालाई सर्वोच्चले उल्ट्याएको हो । विशेषको फैसलाविरुद्ध ०७५ को भदौमा केशवलाल र रुकमणीले पुनरावेदन गरेका थिए भने ४ असोजमा नेपाल सरकारको पुनरावेदन परेको थियो ।
०७५ को १३ वैशाखमा विशेषले मेडिकल सुपरिटेन्डेन्ट भुर्तेलले ३३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेको भन्दै सोबराबर सम्पत्ति जफत हुने तथा तीन महिना कैद हुने फैसला गरेको थियो । चितवनस्थित भरतपुर अस्पतालमा सुपरिटेन्डेन्ट हुँदा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको दाबी थियो ।
आयोगले ०७२ को फागुनमा यो मुद्दा विशेषमा दायर गरेको थियो । भुर्तेल ०३२ सालदेखि सल्यानबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी भरतपुर अस्पतालमा चार कार्यकाल मेसु पदमा रहिसकेका थिए । उनले सरकारी सेवामा रहँदा पौने तीन करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाइएको थियो ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
88vinzon makes the registration simple. I like their customer service too! Check it out 88vinzon.