113 Views
२४ मंसिर, बारा।
विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा आइबारबाट सुरु भएसँगै श्रद्धालुको संख्या पनि बढेको छ । पाँच वर्षमा एक पटक लाग्ने यो मेला मंसिर मसान्तसँगै सम्पन्न हुनेछ ।
बाराको बरियारपुर नगरपालिका–१ मा लाग्ने यो मेलाको विशेष पूजा भने १७ गतेबाट २३ गतेसम्म भएको थियो । जसपछि बली प्रदान सुरु भइसकेको छ ।
यहाँ बली सुरु भएपछि भीडका कारण दैनिक सयौँ श्रद्धालु हराउने गरेका छन् । विशेषगरी भारतीयहरुसँग नेपाली फोन नम्बर नहुँदा भारतीय नै हराउँछन् ।
मान्छे नहराउन् र सम्पर्क भइरहोस् भनी नेपाल टेलिकमले वरपर केही नेटवर्क टावर पनि राखेको छ । उनीहरुको परिवासँग पुनर्मिलन नभएसम्मका लागि नगरपालिकाले व्यवस्था गरेको अस्थायी बासमै बस्छन् । सात स्थानमा पार्किङ र हराएका मान्छेका लागि माइकिङको व्यवस्था गरिएको छ ।
मेला व्यवस्थापनका लागि नगरपालिकाले ५० लाख र मधेश प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताए ।
श्रद्धालुहरु बस, ट्र्याक्टर आदि रिजर्भ गरी मेला हेर्न पुग्ने गरेका छन् । उनीहरु बसमै र मन्दिर वरपरका खेतमा टेन्ट गाडेर बस्ने गरेका छन् । श्रद्धालुका लागि विभिन्न स्थानमा अस्थायी शौचालय भए पनि ती पर्याप्त छैन ।
मकवानपुर गढीबाट ल्याइएकीले उनलाई गढीमाई भनिएको हो । मनोकामना पूरा भएपछि श्रद्धालुले भाकलअनुसार देवीलाई बली चढाउँछन् । यो विश्वमै सबैभन्दा बढी बली दिइने मेला पनि हो ।
आइतबार राँगा बली दिइएको थियो भने सोमबार बोका बली र हाँससमेतको बली दिइएको छ । सर्वोच्च अदालतले २०७१ सालमै बली न्यूनीकरण गर्नका लागि सम्बद्ध निकायहरुलाई परमादेश दिएको छ ।





मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
Jiliparkvip sounds exclusive! Maybe I can become a VIP player someday. Gotta start somewhere, right? Go VIP with jiliparkvip!