१८ मंसिर, बारा
उपप्रधान तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको बरियारपुर मेलामा सहभागी भइ गढीमाईको दर्शन र पूजा अर्चना गरेका छन् । मंगलबार बिहान पुगेका उनले पुजा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
पाँच वर्षमा लाग्ने गढीमाई मेला मंसिर १ बाटै सुरु छ भने मूल पूजा १७ गतेबाट सुरु भइसकेको छ । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले सिंहको स्वागत गरेका थिए । सहरी विकास मन्त्रीसमेत रहेका सिंहलाई यादवले मेला तथा धार्मिक विश्वासबारे जानकारी गराएका थिए ।
मेलामा नेपालका साथै छिमेकी भारतको बिहार, उत्तरप्रदेश, उडिसा, पश्चिम बंगाल लगायतका सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिएको छ । आउते आइतबार अर्थात् २३ गते राँगा र २४ गते बोका बली दिइनेछ । विश्वमै सबैभन्दा बढी बलि दिइने मन्दिर र मेला भएकाले यो मेलाले विश्वकै ध्यान आकृष्ट गरेको छ ।