91 Views
१७ मंसिर, काठमाडौं
विशेष अदालतले सोमबार अनियमतिता गरी भ्रष्टाचार गरेको एक मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिएको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।
धनुषाको मिथिलाविहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसँगै नगरपालिकाका अन्य दुई कर्मचारी र एक व्यवसायीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् । यसै वर्ष २१ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत यादवका साथै लेखापाल सुभाष कुमार झा र जिन्सी शाखा प्रमुख तथा खरिदार उपेन्द्र यादवलाई प्रतिवादी बनाइ मुद्दा चलाएको थियो ।
नगरपालिकामा आर्थिक वर्ष ०७९÷८० मा सञ्चालित वडा नं. ९ को श्री आधारभूत विद्यालय र श्री रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाइ अविवृद्धि कार्यक्रममा अनियमितता भएको दाबी अख्तियारको थियो । अनुसन्धानका क्रममा उक्त कार्यका लागि सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम लागत अनुमान गरी दरभाउपत्र आह्वान गरी खरिद मूल्यांकन गर्नुपर्नेमा सो नगरेको भेटिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतसमेतको संलग्नतामा नगरपालिकामा सूचीकृत रहेको भनी ३ आपूर्तिकर्ताको झुठो दरभाउपत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत् मूल्यांकन नगराइ कार्यालयको टिप्पणी आदेशबाट खरिद कार्य गरिएको अभियोगपत्रमा उल्लेख थियो । यस क्रममा झन्डै १० लाख रुपैयाँ अनियमितता भएको भन्दै बिगोसहित मुद्दा चलाइएको थियो ।
विद्यार्थीहरुका लागि ७ प्रकारका २ सय ९५ सेट विद्यालय पोशाक मजदूर होजियरीका प्रोपराइटर रामसुन्दर साहबाट खरिद गरिएकोमा ९ लाख ९६ हजार रुपैयाँ नगरपालिकाबाट भुक्तानी भएको थियो । जबकी त्यसको वास्तविक मूल्य ४ लाख ६१ हजार रुपैयाँ मात्र पर्ने अनुसन्धानले देखाएको थियो । यस मुद्दामा नगरपालिकाका तीन कर्मचारी र व्यवसायी साहसमेत चारैले सफाइ पाएका हुन् ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
Man, having the S666app8 on my phone is a game-changer. Quick access to all my favorite games, wherever I am. Download it here: s666app8.
jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko