81 Views
१० मंसिर, काठमाडौं।
सिरहाको कर्जन्हा नगरपालिकाका मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनालाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दामा २८ कात्तिकमै कसूर कायमको फैसला भए पनि सोमबार मात्र सजाय निर्धारण भएको हो ।
विशेषले मेयर गंगा पासमान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदिश मण्डल र बुद्धिमान दनुवार, लेखापाल प्रवीण कुमार महतो तथा निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई सजाय सुनाएको हो । विशेषका अनुसार सबैलाई जनही दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । उनीहरुबाट बिगोको दामासाहीले हुन आउने रकम २१ लाख ६० हजार रुपैयाँ जरिवाना र उति नै रकम असुलउपर हुने समेत फैसलामा छ । यादवलाई भने मतियारको कसूर गरेको ठहर विशेषले गरेको थियो ।
यस मुद्दामा न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो । यहि इजलासले नै यस मुद्दाको सुनुवाइ तथा फैसला गरेको थियो ।
केन्द्र निर्धारण हुनु अघि नै नगरपालिकाको भवन निर्माणका लागि ठेक्का लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनुसन्धानपछि अख्तियारले मुद्दा चलाएको हो ।
‘प्रतिवादीहरुको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक पृष्टभूमि साथै निज प्रतिवादीहरुले प्रस्तुत वारदात गर्दाको अवस्था एवम् परिस्थिति समेतलाई सजायशास्त्रको दृष्टिकोणबाट विचार गरी’ सजाय निर्धारण गरिएको विशेषले जनाएको छ । यस मुद्दामा दुई दिन लगातार सुनुवाइ गरेपछि विशेषले सबै प्रतिवादीलाई दोषी ठहर गरेको थियो ।
अख्तियारले १४ चैत ०८० मा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेकोमा आठ महिनापछि ठहरको फैसला भएको हो । नगरपालिकाले आर्थिक वर्ष ०७८÷७९ मा प्रशासनिक भवन निर्माणको लागि ठेक्का आह्वान गरेको थियो । जबकी उच्च अदालत जनकपुर राजविराज इजलासले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू, नगराउनू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतका नाममा आदेश दिएको थियो ।
उच्चको उक्त आदेश बेवास्ता गर्दै मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मण्डलले प्रक्रिया थालेको भन्दै अख्तियारमा उजुरी परेको थियो । साविक कर्जन्हा गाविसको कार्यालयमै नगरपालिका पनि थियो । त्यहिँबाट सञ्चालन गर्न भनी परमादेशको आदेश जारी भए पनि त्यसको परिपालन नगरी सार्वजनिक खरिद ऐनअनुसार नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि बोलपत्र आह्वान भएको थियो ।
सार्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभइ बोलपत्र आह्वान गर्न नहुने ऐनको व्यवस्थाविपरीत ठेक्का आह्वान भएको दाबी गर्दै मुद्दा चलेको हो । स्थानीय तहको केन्द्र परिवर्तनको निर्णय नहुँदै वडा नं. ५ मा भवन निर्माणका लागि ०७८ माघमा ठेक्का आह्वान भएपछि नगरपालिकाले पेस्कीस्वरुप एक करोड ८ लाख रुपैयाँसमेत निर्माण कम्पनीलाई उपलब्ध गराएको थियो । तर ठेकेदारले त्यसअनुसार काम भने गरेको थिएन ।
यति हुँदा पनि निर्माण कम्पनीको जमानत जफततर्फ नगरपालिकाले पहल नगरेको पुष्टि भएको थियो । यस मुद्दामा मेयर पासमान तथा प्रमुख प्रशासकीय अधिकृत मण्डलका साथै अर्का निमित्त प्रमुख प्रसशाकीय अधिकृत दनुवार र लेखापाल महतोका साथै ठेक्का सकार गरेको कम्पनीका आधिकारिक प्रतिनिधि बैजनाथ यादव पनि प्रतिवादी बनाइएका थिए ।
निर्माण कार्यका लागि तत्कालीन नगरप्रमुख पासमानले बोलपत्र आह्वानको निर्णय गरेको तथा प्रमुख प्रशासकीय अधिकृत रहेका मण्डलले त्यसको सूचना निकालेका थिए भने दनुवारले निर्माणको सम्झौता गरेका थिए । यसैगरी दनुवार र लेखापाल महतो मिलेर पेस्की दिएको अख्तियारको अनुसन्धानले देखाएको थियो । प्रतिवादीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टिको म्यादभित्र जमानत जफत गर्नेतर्फ पहल नगरेको कारण उनीहरुलाई समेत दोषी ठहर गरिएको हो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Estrelabet2, alright! Always on the lookout for new places to try my hand. Wish me luck, lads! estrelabet2
[922]Jilifish Online Casino Philippines: Best Slot Games, Jilifish Login, Register, and App Download. Experience the best Jilifish slot games at Jilifish Online Casino Philippines. Secure Jilifish login, quick register, and Jilifish app download. Play and win now! visit: jilifish