91 Views
६ मंसिर, काठमाडौं
न्याय परिषद्ले १३ न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।
उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलास पठाइएको छ । यसैगरी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेखा थापा पाण्डेलाई पनि इलाम इजलासमै सरुवा गरिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट श्यामलाल घिमिरेलाई जाजरकोट पठाइएको छ भने सोलुखुम्बुबाट शंकरबहादुर राईलाई कास्की, जुम्लाबाट राजेशकुमार कटुवाललाई तनहुँ र दाङबाट मनोजकुमार श्रीवास्तवलाई धनुषा सरुवा गरिएको छ । काजमा रुपन्देही रहेका डिल्लीराम शर्मा अर्याललाई सोहि अदालतमा सरुवा गर्ने निर्णय गरेको छ ।
धनुषाबाट रोमाकान्त ज्ञवालीलाई दाङ र मुगुबाट रामानन्दप्रसाद अधिकारीलाई नवलपरासी पठाउने निर्णय भएको छ । तनहुँ अदालतका चन्द्रकुमार पोखरेललाई सोलुखुम्बु र सिरहामा कार्यरत आनन्दराज पन्तलाई जुम्ला सरुवा गरिएको छ । सुर्खेतमै काजमा रहेका निलकण्ठ बराललाई सोहि अदालतमा र नवलपरासीका मीनबहादुर कुँवरलाई मुगु जिल्ला अदालतमा सरुवा गरिएको छ ।
पाँच सदस्यीय परिषद्को अध्यक्षमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत छन् भने वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सदस्य छिन् । संघीय कानूनमन्त्री अजयशंकर चौरसिया तथा वरिष्ठ अधिवक्ताहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी पनि सदस्य छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Looking for a new way to bet on the go? I downloaded the b29 bet apk and it’s actually pretty solid. Runs smoothly on my phone. Worth a download if you’re out and about. Get it here: b29 bet apk