216 Views
२५ असार, काठमाडौं
एक वर्ष अघि उच्च अदालत पाटनमा भएझैँ घटना जिल्ला अदालत काठमाडौंमा समेत दोहोरिएको छ । गत आइतबार कानून व्यवसायी लक्ष्मीनानी थापा र प्रहरी जवान जीवन छिनालबीच कुटपिट भएको भन्दै दुवै पक्षले पीडकमाथि कारवाहीको माग गरेका छन् ।
आइतबार दिउँसो १ बजे भएको उक्त घटनामा कारवाही गर्न जिल्ला अदालत बार एसोसिएसन र अदालतका कर्मचारीले ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन् । सोमबार बारले र मंगलबार कर्मचारीले ध्यानाकर्षण पत्र सार्वजनिक गरेका हुन् ।
सुरक्षामा खटिएका ड्युटिमा रहेका सुरक्षाकर्मीमाथि हातपात भएको भन्दै अदालत प्रशासन पनि आक्रोशित देखिएको छ । साथै घटनालाई अतिरञ्जित गरिएको भन्दै कर्मचारीहरुले यसबाट अदालतको मर्ममाथि प्रहार भएको ठहरसहित ध्यानाकर्षण गराएका हुन् ।
प्रहरीमाथि कर्तव्यपालनका सिलसिलामा आक्रमण हुनुले सुरक्षा कर्मचारी मात्र नभइ सम्पूर्ण कर्मचारीको मनोबल गिराएको कर्मचारीहरुको भनाइ छ । ‘घटनासँग सम्बन्धित सिसिटिभी फुटेज अध्ययन अनुसन्धान गरी दोषी उपर कानूनबमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौँ,’ कर्मचारीहरुद्वारा जारी ध्यानाकर्षणमा छ ।

यसैगरी काठमाडौं जिल्ला बारले भने यससम्बन्धमा सोमबार नै विज्ञप्ती निकाल्दै कानून व्यवसायीमाथिको आक्रमणको भत्र्सना गरेको थियो । अधिवक्ता थापालाई छिनालले अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको भन्दै बारले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बारले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘कानून व्यवसायको सिलसिलामा अदालतमा बहस पैरवीका लागि उपस्थित भएका कानून व्यवसायीलाई सुरक्षाकर्मीबाट भएको भौतिक आक्रमणले समग्र कानून व्यवसायीलाई त्रसित बनाउने र स्वतन्त्र रुपमा पेसा व्यवसाय गर्नसमेत अवरोध सिर्जना गरेको हुँदा काजिअ बार यस कार्यको घोर भत्र्सना गर्दै कानून व्यवसायीउपर हुने सबै किसिमका अन्याय विरुद्धमा कानुनी प्रतिरक्षामा उत्रन तयार हुने व्योहोरा सबैमा सूचित गराउँछौ ।’
आइतबार अदालतको गेट नं. ३ मा अधिवक्ता थापा र जवान जीवन छिनालबीच कुटपिट भएको थियो । कानून व्यवसायी र कर्मचारीहरु मात्र प्रवेश गर्न मिल्ने भन्दै छिनालले सेवाग्राहीलाई लिएर आएकी थापालाई रोक्न खोजेका थिए ।

यसै क्रममा आफूलाई गालीगलौज र हातपात गरेको छिनालको दाबी छ भने आफूलाई दुव्र्यवहार गरी मुक्का प्रहार गरेको थापाको भनाइ छ । स्रोतका अनुसार पहिलो पटक थापाले नै हात उठाएकी हुन् ।
एक वर्ष अघि उच्च अदालत पाटनमा पनि अधिवक्ता र कर्मचारीबीचको तनावले १४ असारदेखि झन्दै पाँच दिन सुनुवाइ प्रभावित बनेको थियो । अधिवक्ता अमिर लामिछानेले नायव सुब्बा प्रेमिका तामाङले घूस मागेको र नदिएपछि कुटपिट गरेको बताएका थिए भने लामिछानेले आफूलाई कुटेको अभियोगसहित तामाङले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जसपछि कर्मचारी र बार दुवै आन्दोलित भएका थिए । लगभग दुई दिनसम्म देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाहरुको सुनुवाइ प्रभावित बनेको थियो ।
जिल्ला अदालतमा काठमाडाैंबाहिरका मुद्दाकाे चाङ
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
Hiya! I know this is kinda off topic however , I’d figured I’d ask. Would you be interested in exchanging links or maybe guest writing a blog article or vice-versa? My blog discusses a lot of the same topics as yours and I believe we could greatly benefit from each other. If you are interested feel free to shoot me an email. I look forward to hearing from you! Great blog by the way!
Yo, 58win1vip, heard about this site from a buddy. Gave it a look, seems decent enough. I’d say give it a try: 58win1vip
I’ve been trying a few different platforms lately and this one really stands out. The interface is smooth and everything loads fast. Definitely worth checking out bdvb89
Navigating through all the different game categories has never been this easy thanks to their intuitive layout. I appreciate how they prioritize player safety while keeping the entertainment value high. My weekends are definitely more exciting now. jljl99linklogin