271 Views
१५ असार, रौतहट
जिल्ला सदरमुकाम गौरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्डको जयनगर चोक नजिक बस दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भैरहवा जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको शनिबार बिहान बिहान ८ बजे अनियन्त्रित भई दुर्घटनाग्रस्त हुन पुगेको हो ।
जसमा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सात जनाको शिवनगर र गरुडामा उपचार भइरहेको छ भने दुर्घटनापछि बसका चालक र सहचालक फरार छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across. It extremely helps make reading your blog significantly easier.
999betcassino had a few interesting games. I spent a little time there. Not my fave, but hey, different strokes, right? Check out 999betcassino and see if it’s your kind of place.