296 Views
१३ साउन, काठमाडौं
झापाको बालुवाटार भनिने स्थानको जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा अदालतमा उपस्थित भएका मुख्य प्रतिवादीहरुलाई धरौटी माग गर्ने आदेश भएको छ । आइतबार उपस्थित हुने निवेदनसहित आएका उनीहरुको बयानपछि धरौटी माग गर्ने आदेश आएको हो ।
यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले थुनछेक आदेश गरेको हो । यस प्रकरणका योजनाकार तथा मुख्य अभियुक्त रेवतराज पुरी गगन र उनकी पत्नी केशावती पुरी उपस्थित भएका थिए ।
विशेषका अनुसार गगन र केशावतीसँग एउटा मुद्दामा ६० हजार रुपैयाँ र अर्को मुद्दामा ३० हजार धरौटी माग्ने आदेश भएको छ । उनीहरुले रतुवा खोलाछेउको बिगहौँ जग्गा व्यक्तिका नाममा दर्ता गरेको भेटिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १३ फागुनमा उनीहरुसमेत यसमा संलग्न अन्य व्यक्ति र जग्गाधनीहरुलाई समेत प्रतिवादी बनाइ मुद्दा दायर गरेको छ । सरकारी जग्गा व्यक्तिका नाममा ल्याएको भन्दै यो मुद्दा दायर भएको हो ।
पुरीलाई विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पनि दोषी ठहर गरिसकेको छ । उनी माओवादी निकट मानिन्छन् ।
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
Pretty great post. I simply stumbled upon your weblog and wanted to say that I’ve truly enjoyed browsing your weblog posts. After all I’ll be subscribing on your feed and I hope you write once more soon!
tp88casino is a solid choice for a night in. Good selection of games and the site is pretty easy to use. Check out tp88casino!
Feels like a real luxury casino experience from home. The VIP perks at 55vip777casino are amazing.