काठमाडौं आउँदा रंगकै कारण विभेद भोगेँ

सपना प्रधान मल्ल सपना प्रधान मल्ल    2954 Views
काठमाडौं आउँदा रंगकै कारण विभेद भोगेँ
2Shares

म एसएलसी दिएर काठमाडौं आउँदा यहाँ मनु मखुः मस्र्या भन्ने चलन थियो । अर्थात् मान्छे होइन मधेसी हो भनेर । म नवलपरासीको, तराईको मान्छे । म काली थिएँ । मेरो साथी गोरी थिइन् । अनि उनलाई ह्वाइट प्यान्थर मलाई ब्ल्याक प्यान्थर भनेर बोलाउँथे । म त्यो परिवेशबाट हुर्केर आएकि हुँ ।

हुन त तराईमा पनि फ्युडल सोसाइटी थियो । जमिनदार वर्ग थियो, जातका आधारमा विभेद थियो । कसैले छोएको पानी पनि खान नहुने, त्यो समाजबाट आएँ । मेरो समुदायमा छोरी–छोरी मात्र पायो, छोरा पाउनु त सपना नै हुने भयो भनेर बुवाले मेरो नाम नै सपना राखिदिनुभयो ।

तर पनि मैले अध्ययनका लागि काठमाडौं आउने अवसर पाएँ । अनि केही गर्नुपर्छ भन्ने सोच आयो । किनकी म जुन समाजबाट आएँ, शिक्षाबाट नै स्थापित सोच परिवर्तन गर्न सकिन्छ भन्ने लाग्थ्यो ।

मैले एसएलसी दिँदा पनि अप्सनल म्याथ लिएकी थिएँ । अनि मलाई स्केच बनाउन मन पथ्र्यो । आर्किटेक्ट बन्ने इच्छा थियो । त्यसैले इञ्जिनियरिङ र ल कलेज दुवैमा एप्लाइ गरेँ । दुवैतिर नाम निस्कियो । आमाले भने छोरी डक्टर बनोस् भन्ने चाहनुहुन्थ्यो ।

म बच्चैदेखि विभेदविरुद्ध र न्यायको पक्षमा उठ्नुपर्छ भन्ने सोच्थेँ । त्यसैले कानून पढेँ । तर म बहकिएँ । मैले कर्पोरेट ल पढेँ । फरक विषय पढेँ । ट्रेनिङ पनि कर्पोरेट लकै गरेँ । राम्रो लयर बन्न नलेज मात्र होइन स्किल पनि आवश्यक छ ।

१० वर्षसम्म टुरिज्म क्षेत्रमा कर्पोरेट लयरका रुपमा काम गरेँ । तर म यो प्रोफेसनमा रहँदै प्रो बोनो (निःशूल्क कानूनी सहायता) गर्छु भनेँ । महिलाको केस हेर्थेँ । तर कानून नै न्यायको लागि बाधा रहेको देखेँ । नागरिकता, सम्पत्तिको हकजस्ता कुरा महिलाका लागि थिएनन् । हिंसा हुँदा पनि त्यो अपराध हुँदैनथियो । त्यसपछि नै मैले कर्पोरेट ल त्यागेर पिआइएल लयर बनेँ ।

कानून कस्ताे छ भन्ने महत्वपूर्ण हाे
कानून भएर मात्र हुँदैन, कानून कस्तो छ भन्ने महत्वपूर्ण हो । न्यायको आवश्यकता सम्बोधन गर्दैन भने त्यो अन्यायपूर्ण कानून हो । कानून ‘टुल फर इन्जस्टिस’ पनि हुन सक्छ ।

नेपालको इतिहासमा धेरै ठाउँमा कानून ठिक हुनुपर्छ भनेर हामीले गुजार्यौँ । कानूनलाई कसरी जीवन्त बनाउने, कसरी न्याय भोग्न सक्ने, अधिकार स्थापना हुनेगरी बनाउने विषयमा कुरा ग¥यौँ । छोरीलाई पनि सम्पत्तिमा अधिकारको लागि मुद्दा लडेँ । अहिले कानून बनेर यो स्थितिमा आएको छ । हुन त अझै पनि कतिपय कुरा कानूनले रिकग्नाइज गरे पनि न्याय पाएको अवस्था छैन ।

मलाई सबैभन्दा गाह्रो लागेको चाहिँ वैवाहिक बलात्कारको मुद्दा थियो । पारिवारिक संरचना, सामाजिक संरचना भत्काउने भन्ने तर्क वितर्क आए । तर अन्ततः सर्वोच्च अदालतले भन्यो बलात्कार भनेको बलात्कार हो, जसले गरे पनि । यो सबैभन्दा गम्भीर अपराध हो । नाता सम्बन्ध भन्दैमा यो कसूरमा उन्मुक्ति हुँदैन । यसरी नेपाल साउथ एसियामै वैवाहिक बलात्कारलाई अपराध मान्ने देश बन्यो । इच्छाविपरीत श्रीमतीसँग पनि सम्बन्ध राख्न नपाउने अधिकार स्थापित भएको छ ।

लयर हुनुको एउटा महत्वपूर्ण कुरा के हो भने लयर भएर तपाईँ आफू मात्र सशक्त हुनुहुन्न, तपाइँले धेरैलाई सशक्त बनाउन सक्नुहुन्छ । समाजमा परिवर्तन ल्याउनका लागि शक्तिमा बस्नुपर्छ भन्ने नै हुँदैन । तपाईँले कानून व्यवसायी बनेर परिवर्तन गर्न सक्नुहुन्छ, कानूनलाई चुनौती दिन सक्नुहुन्छ । अन्य पेसाभन्दा यसमा परिवर्तनका लागि लड्न सहज छ ।

वकील भएरै बसिरहँदा संविधान लेख्ने ठाउँमा आउँछौ भन्दा म गएँ । मौलिक अधिकारको स्थापनाका लागि काम गरेँ । अहिले फरक भूमिकामा न्यायपालिकामा छु । अहिले पनि हामी कसरी हेर्छौँ भनेर न्याय अन्यायका फरक अनुभूतिहरु छन् । अब कसरी न्याय दिलाउने भन्ने चुनौती छ ।

सबै कुरामा न्याय अदालतबाटै हुन्छ भन्ने सोच्नु हुँदैन । अन्यायको प्रकृति हेर्नुपर्छ । हुन त न्यायको अनुभूति गराउने राज्यले नै हो । अन्यायमा परेकाहरु औपचारिक संरचनाको माध्यमबाट न्याय खोज्नुहुन्छ । तर कतिपय कुरामा मध्यस्थता, मेलामिलापका माध्यमबाट पनि हेर्नुपर्ने हुन्छ ।

महिला न्यायाधीश कम छन्
न्याय स्वच्छचा हो, बराबरी र निडरपन हो । मलाई सुशीला कार्की (नेपालकी पहिलो महिला प्रधानन्यायाधीश) को मनपर्ने कुरा के हो भने निडरपन । करेजियस हुनु जजको लागि महत्वपूर्ण कुरा हो ।

न्यायको मूर्ति हेर्दा महिलाको छ, तर न्याय दिने ठाउँमा महिला छैनन् । भारतमा हेर्ने हो भने अहिलेसम्म प्रधानन्यायाधीश महिला भएकै छैनन् ।

पछिल्लो समय भारतमा न्यायमूर्तिको आँखाको पट्टि हटाइएको छ । न्यायको मूर्तिमा आँखा बन्द गर्नुको अर्थ के हो भने न्यायाधीशका लागि सबै बराबर हुन्, कतै कुनै प्रभावमा परेर न्याय दिएको होइन । तर अहिले हेरेर, मनन् गरेर न्याय दिनुपर्छ भन्ने कुरा आइरहेका छन् ।

समयसँगै न्यायको परिभाषा परिवर्तन भइसकेको छ । पहिले कसूरदारलाई दण्ड दिनेगरी न्याय गर्थ्यौँ । अहिले क्षतिपूर्ति सहितको न्यायको अवधारणा आएको छ । सुधारात्मक दण्ड प्रणालीमा हामी गइरहेका छौँ । वैकल्पिस दण्ड प्रणाली अपनाएका छौँ ।

अहिले हरेक विषय अदालतसम्म पुग्ने गरेका छन् । राजनीतिक, सामाजिक, अर्थजस्ता विविधतायुक्त मुद्दामा प्रकृति र जटिलता हुन्छन् ।

बलात्कारको फैसलामा पनि विविध व्याख्या भएका छन् । पीडितले फरक फरक घटनास्थल भनेपछि जिल्ला र उच्च अदालतले प्रतिवादीहरुलाई सफाइ दिएका घटनामा पनि सर्वोच्चले फरक व्याख्या गर्दै दोषी ठहर गरेको छ । बलात्कारको घटनामा पीडितको शरीर नै घटनास्थल हो भन्ने फैसला भएको छ । यसरी न्यायपालिकाले न्याय दिन खोजिरहेको छ । तर जसका लागि हामीले निर्णय गर्यौँ उसले अनुभूत गर्न पायो कि पाएन भन्ने महत्वपूर्ण हो ।

यौन र कानूनी शिक्षाबाट हिंसा कम गर्न सकिन्छ
अपराधविहीन समाज बनाउन सकिँदैन तर न्यूनीकरण भने गर्न सकिन्छ । गम्भीर हुनुपर्ने कुरा के छ भने अहिले सबैभन्दा बढी फौजदारी अपराधको घटनामा मुद्दा पर्ने भनेको बलात्कारको हो । कुन अपराधमा सबैभन्दा बढी मान्छे जेलमा छन् भन्दा बलात्कारको मुद्दामा ।

कोरोना कालमा सबै हिंसा एकदम घटे । तर महिलाविरुद्धको हिंसा थुप्रै बढ्यो । घरेलु हिंसा, बलात्कार र साइबर अपराधजस्ता घटना बढे । कानूनले मात्र हुँदैन । कानून छ, दायराभित्र आउँछ भनेर हामीले जानकारी गराउन सकेका छैनौँ । कानून आफै आएर न्याय दिने होइन ।

सेक्स एजुकेसन एकदम जरुरी छ । यहाँ एक्स्पलोर गर्ने मान्छे छन् । क्युरियोसिटी हुने हुनाले यो विषयमा जानकारी दिनु जरुरी छ ।

न्यायालय स्वतन्त्र छ
न्यायालयको कुरा गर्दा अहिले न्यायालयले केही गरेको छैन भन्न सकिँदैन । स्वतन्त्रता न्यायपालिकाको एकदमै महत्वपूर्ण तत्व हो ।

अहिले डर के भएको छ भने न्यायाधीश नियुक्ति, सिफारिस प्रक्रिया राजनीतिक छ । प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् राजनीतिक छ । संसदीय सुनुवाइको प्रक्रिया पनि उस्तै छ । न्याय परिषद् आफै राजनीतिक भएको छ ।

कानून व्यवसायी पृष्टभूमिबाट न्यायाधीश हुनुभएका सबैको कुनै न कुनै राजनीतिक दलसँग निकटता हुन्छ । तर उसको निष्पक्षता भनेको फैसलाबाट हेर्ने हो, काम गराइबाट हेर्ने हो । कोबाट सिफरिस भयो भन्दा पनि संविधानअनुसार गर्यो कि गरेन भन्ने परिक्षण गर्ने हो । गत वर्ष हामी रुल अफ लको सूचकांकमा पहिलो नम्बरमा पुग्यौँ ।

हामीलाई निश्चय नै दवाब आउँछ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भीड, राजनीतिक, अर्थ सबै प्रभाव नै हुन् । तर हामी प्रभावित भयौँ भने न्याय मर्छ, त्यसैले निडरपन नै न्यायाधीशको गुण हो ।

मैले प्रतिनिधि सभा विघटनको फैसला गर्दा दुई कुरा आए । पहिलो तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् भन्ने । मैले भनेँ, म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन । न्यायाधीश बन्न बनेको हुँ । म जुन भूमिकामा छु, सम्झौता गर्दिनँ । अर्को तिमीलाई जीवनको डर छैन भने । मैले भनेँ, म राष्ट्र, संविधान, सार्वभौमसत्तामा सम्झौता गर्दिनँ । यहि कारणले जीवन दाउमा लाग्छ भने लागोस् । संविधानको मर्मभन्दा बाहिर जाँदिन ।

(शुक्रबार ह्वाइटहाउस लिटेरेचर फेस्टिभलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राखेको मन्तव्यको सम्पादित अंश)

337 thoughts on “काठमाडौं आउँदा रंगकै कारण विभेद भोगेँ

  1. Pretty nice post. I simply stumbled upon your weblog and
    wished to say that I have truly enjoyed surfing around your blog posts.
    After all I will be subscribing in your rss feed and I
    am hoping you write again very soon!

    my website; Check it out

  2. Magnificent beat ! I wish to apprentice while you
    amend your website, how could i subscribe for a blog site?
    The account aided me a acceptable deal. I had been a little bit acquainted of this your broadcast offered bright clear concept

    My page – View more

  3. Thanks a lot for taking the time to share such valuable insights. It’s always refreshing to get fresh perspectives on important topics like this.

  4. I adore how your unique personality shines through in your words. It feels like we’re having a meaningful dialogue.

  5. 🔕 + 1.850966 BTC.GET - https://graph.org/Message--120154-03-25?hs=16e05b6a3dab1bcd424660e43e9df679& 🔕 says:

    dxgxzo

  6. 📚 Reminder- SENDING 1.425429 BTC. Receive >>> https://graph.org/Binance-04-15?hs=16e05b6a3dab1bcd424660e43e9df679& 📚 says:

    4r5tza

  7. 🔍 + 1.741809 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=16e05b6a3dab1bcd424660e43e9df679& 🔍 says:

    fvz3em

  8. * * * Snag Your Free Gift: http://sidim.org/index.php?azmyik * * * hs=16e05b6a3dab1bcd424660e43e9df679* ххх* says:

    9qos00

  9. 📃 Reminder: SENDING 1.987389 BTC. Get >> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=16e05b6a3dab1bcd424660e43e9df679& 📃 says:

    dqfmb3

  10. 📱 + 1.615477 BTC.GET - https://yandex.com/poll/enter/E34y9iSdaRJD7QXHZ9jb9R?hs=16e05b6a3dab1bcd424660e43e9df679& 📱 says:

    53eaae

  11. ✂ + 1.697844 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=16e05b6a3dab1bcd424660e43e9df679& ✂ says:

    5fwx5z

  12. 📅 💸 Crypto Reward: 1.75 BTC awaiting. Access here >> https://graph.org/Get-your-BTC-09-04?hs=16e05b6a3dab1bcd424660e43e9df679& 📅 says:

    8m9skj

  13. * * * $3,222 payment available! Confirm your operation here: https://presswirenetwork.com/index.php?d6973n * * * hs=16e05b6a3dab1bcd424660e43e9df679* ххх* says:

    wdzx1y

  14. 🔒 ❗ ALERT: You were sent 1.2 BTC! Go to receive > https://graph.org/Get-your-BTC-09-04?hs=16e05b6a3dab1bcd424660e43e9df679& 🔒 says:

    njecx2

  15. 📝 SECURITY UPDATE: Suspicious transfer of 0.9 Bitcoin. Stop? >> https://graph.org/Get-your-BTC-09-11?hs=16e05b6a3dab1bcd424660e43e9df679& 📝 says:

    6gvm0z

  16. 🫠 Sex Dating. Let's Go > yandex.com/poll/LZW8GPQdJg3xe5C7gt95bD?hs=16e05b6a3dab1bcd424660e43e9df679& Notification № 9257 🫠 says:

    2jem7v

  17. Roulette’s randomness is fascinating – the math behind it is truly elegant! Seeing platforms like jl3 apk prioritize fair RNG systems (like they mention) is reassuring for players in the Philippines. A solid platform is key!

  18. The journey from systemic discrimination to professional advocacy is profoundly inspiring. It underscores that true empowerment comes from knowledge and access. In today’s world, digital platforms provide a new frontier for opportunity, requiring trust and secure access, much like ensuring a safe phkkk login experience. Your story is a powerful testament to resilience.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार