संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय

इसमाद इसमाद    1135 Views
संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय
0Shares

३ माघ, काठमाडौं।

बानेश्वस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा कार्यरत इञ्जिनियर नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार यस मुद्दामा विशेष अदालतले फैसला गरेको हो ।

सम्मेलन केन्द्र विकास समितिमा नियुक्त हुन जीवन प्रसाद अधिकारीले बुझाएको प्रमाणपत्र नक्कली रहेको देखिएपछि विशेष अदालतले कसूर कायमको फैसला गर्दै सजाय सुनाएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

इञ्जिनियर अधिकारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । बिआइसिसीमा इलोक्ट्रोनिक्स ओभरसियर साउन्ड (सहायक स्तर प्रथम) पदमा सुरु नियुक्त लिएका अधिकारीकले इञ्जिनियरिङ अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्रका आधारमा जागिर पाएका थिए । उनले भारतको कोलकताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इञ्जिनियरिङ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १६ असारमा अधिकारीमाथि मुद्दा चलाएको थियो । उनी पछिल्लो पटक अधिकृत छैठौँ तहमा कार्यरत थिए । पहिलो नियुक्ति २० माघ २०६० मा लिएकोमा पछिल्लो पटक ३ फागुन २०६२ देखि उनी उक्त तहमा बढुवा भएका हुन् ।

140 thoughts on “संसद भवनमा कार्यरत इलेक्ट्रिकल इञ्जिनियरलाई ६ महिना कैद सजाय

  1. I love how accessible music creation is becoming! Tools like the Sprunki Game really lower the barrier to entry. It’s cool you can play on almost any device, no downloads needed – perfect for quick creative bursts! ✨

  2. [4766]56jl Login & Casino App: Best Slots Game & APK Download PH Experience top-tier gaming at 56jl! Secure your 56jl login and download the official casino app APK to play the best slots games in the Philippines. Join now! visit: 56jl

Leave a Reply to Maddison307 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार