191 Views
२७ असार, काठमाडौं
विशेष अदालतले दुई प्रहरीलाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । महोत्तरीको कान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जित कुमार झालाई सजाय सुनाइएको हो ।
विशेषमा गत २५ चैतमा दायर मुद्दामा ठहर हुने फैसला भएको छ । दुवै प्रतिवादीलाई जनही एक एक महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ ।
जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा मुद्दामा भएको फैसला कार्यान्वयनका लागि उनीहरुले घूस मागेका थिए । आवश्यक मुचुल्का तयार गर्न सहजीकरण गरिदिने भन्दै घूस मागिरहेको सूचना अख्तियारमा परेको थियो ।
अख्तियारको टोलीले यादव र झालाई घूस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । यस मुद्दामा विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
My brother recommended I might like this blog. He was totally right. This post truly made my day. You cann’t imagine just how much time I had spent for this information! Thanks!
Jogabetbr, brazuca que é brazuca gosta de um bom jogo! Esse site tem a nossa cara, com apostas nos esportes que a gente mais curte! Vamo que vamo na jogabetbr!