254 Views
२७ असार, काठमाडौं
कैलालीमा कार्यरत जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई ६ महिना कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो ।
पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा कार्यरत थिए । उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनका लागि घूस मागिरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
अधिकृत पालले सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ परेका थिए । यसै वर्ष ५ वैशाखमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
यस विषयमा २८ वैशाखमा मुद्दा दायर भएकोमा तीन महिनामै फैसला भएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
qtfupi
I am always thought about this, thankyou for posting.
Alright gamers, gave play.hit 8.club a spin. Honestly, the graphics are pretty slick! Gameplay is smooth too, worth checking out for a few rounds if you’re bored. Head over to play.hit 8.club