201 Views
१३ असार, काठमाडौं
लागूऔषध मुद्दाका पाँच प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा पनि सजाय सुनाइएको छ । बिहीबार उनीहरुमाथि न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो ।
उनीहरुमाथि उक्त इजलासले नै ५ असारमा कसूर कायम गरेको थियो । सात जना प्रतिवादी रहेकोमा दुई जनालाई भने विशेषले सफाइ दिने फैसला गरेको हो ।
यस मुद्दामा मिलन लोवालाई ३ वर्ष कैद र दुई करोड २७ लाख रुपैयाँभन्दा बढी जरिवानाको फैसला गरेको छ । अर्का प्रतिवादी दीपक राईलाई पनि तीन वर्ष कैदकै फैसला भएको छ भने एक करोड ६६ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ ।
अन्य तीन प्रतिवादीलाई भने जनही एक वर्ष ६ महिना कैद हुने भएको छ । जरिवानाको हकमा सन्दिप राईले २० हजार पाँच सय, केसाङ योल्मुलाई पाँच लाख ७७ हजार र रामकुमार लोवालाई ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसलमा उल्लेख छ ।
दीपक, सन्दिप, केसाङ र रामकुमारले मिलनको खातामा पैसा जम्मा गरेको देखिएको र मिलनले उक्त पैसा झिकेको अनुसन्धानका क्रममा देखिएको थियो ।
यस मुद्दामा विशेषले दीपक र मिलनलाई मुख्य कसूरदार ठहर गरेको थियो भने अन्य तीन जना मतियार ठहर भएका थिए । साथै, भीमकुमार लोवा र राजेश श्रेष्ठलाई भने सफाइ दिने फैसला भएको थियो ।
प्रतिवादीहरुले लागूऔषध किनबेचबाट आर्जित सम्पत्ति शुद्धिकरण गरेको विशेषको ठहर छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीहरुमाथि पाँच करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै २३ माघ ०८० मा मुद्दा दायर गरेको थियो ।
हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
Alright everyone, checking out ckbet1br. Seems new, but the selection of games is actually pretty impressive. Gonna throw a little down and see what happens. Let me know if any of you have tried it! Find it here ckbet1br.
jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko