169 Views
१३ असार काठमाडौं
विशेष अदालतले घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा पाँच जनालाई दोषी ठहर गरेको छ । नापी कार्यालयका एक र भूमिसुधार तथा मालपोतका एक कर्मचारीसहित पाँच जनामाथि कसूर कायमको फैसला भएको हो ।
ललितपुर नापीका सर्वेक्षक रामवीर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनलाई ९ माघ ०८० मा पक्राउ गरिएको हो ।
यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा बनाइ दिएवापत उक्त घूस रकम लिएको अनुसन्धानबाट देखिएको थियो । अढाइ लाखमध्ये एक लाख ५० हजार रुपैयाँ बिचौलिया विनोद अधिकारीलाई लिन लगाइ लिएको खुलेको थियो । उक्त रकम उनले मालपोतबाट जग्गाधनी पूर्जा बनाउन लगाएको भनेर लिएका थिए ।
उक्त डेढ लाख रुपैयाँ बिचौलिया अधिकारीमार्फत् मालपोतका नायव सुब्बा प्रदिप पौडेललाई दिनका लागि यादवले माग गरेको अख्तियारलाई बताएका थिए । पौडेलले भने एक लाख माग गरेको खुलेको थियो ।
नासु पौडेललाई दिन भनी ल्याइएकोमध्ये एक लाख रुपैयाँ लेखापढी व्यवसायी आशिषराज बस्नेतले लेखापढीको काम गर्ने दिनेश बञ्जारालाई लिन पठाएका थिए । जसपछि पाँचै जनालाई प्रतिवादी बनाउँदै गत ११ फागुनमा मुद्दा दर्ता भएको थियो ।
यस मुद्दामा विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो । फैसलाअनुसार सर्वेक्षक यादवलाई नौ महिना कैद सजाय भएको छ भने उनले एक लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।
बिचौलिया अधिकारीलाई भने मतियार मान्दै आधा सजाय सुनाइएको छ । विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अधिकारीलाई ४ महिना १५ दिन कैद तोकिएको छ भने ७५ हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
यस मुद्दामा नासु पौडेललाई पनि ६ महिना कैद र १ लाख रुपैयाँ जरिावना हुने भएको छ । यसैगरी अन्य दुई प्रतिवादीहरु बस्नेत र बञ्जारालाई जनही ३ महिना कैद र ५०–५० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
Hey all. I just wanted to find some new slots and found hotlucky7s to scratch that itch. Games are mostly alright. It’s good for a casual distraction hotlucky7s.