226 Views
१२ असार, काठमाडौं
डिभिजन वन कार्यालय जलेश्वरमा भएको भ्रष्टाचारमा ६ जना दोषी ठहर भएका छन् । तीन महिना अघि दायर मुद्दामा विशेषले कसूर ठहर गर्दै २५ असारमा सजाय निर्धारण पेसी तोकिएको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो । यस मुद्दामा लक्ष्मण प्रसाद यादव, रामदरस राउत र शेरबहादुर राउत दोषी ठहर भएका छन् ।
उनीहरु तीनैको रुख कटानको अनुमति प्रदान गर्ने प्रक्रियामा ११ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेषले जनाएको छ । उक्त मूल्यको वन पैदावार हानीनोक्सानी गर्ने कार्यमा रहेको भूमिका लापरवाहीयुक्त र बदनियतपूर्ण रहेको इजलासको ठहर छ ।
यादव सब–डिभिजन कार्यालय बर्दिबासका तत्कालीन सहायक वन अधिकृत हुन् । रामदरश भने नापी कार्यालय बर्दिबासका तत्कालीन अमिन हुन् । यसैगरी शेरबहादुर भने रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थिए ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १ स्थित रम्तेलडाँडा सामुदायिक वन क्षेत्रका रुखहरु काटिएका थिए । लीलामणि आचार्य र कृष्णप्रसाद गौतमका संयुक्त नाममा दर्ता कायम रहेको १ बिगहा दुई कठ्ठाभन्दा बढी जग्गा निजी नम्बरी आवादीको जग्गा रहेको भनी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रुख कटान गरिएको थियो ।
यसरी नक्कली कागजातका आधारमा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराइ कटानको इजाजत दिइ वनको रुख काटिएको थियो । व्यक्तिलाई लाभ हुनेगरी विभिन्न जातका ४ सय ६ वटा रुख काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट देखिएको थियो ।
ती रुखहरु काट्दा सरकारलाई ११ लाख ९६ हजार रुपैयाँ नोक्सान भएको दाबी अभियोगपत्रमा थियो । अख्तियारले गत ४ चैतमा मुद्दा दायर गरेकोमा आधा दर्जनमाथि कसूर कायमको फैसला भएको हो ।
यस घटनामा जग्गाधनीहरु आचार्य र गौतमका साथै रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली पनि दोषी पाइएका छन् । उनीहरु तीनै जनाले जानाजान बदनियत राखी सामुदायिक वनका रुखहरु व्यक्तिको नामको जग्गामा रहेको भनी कटान माग गरेका थिए । यसरी कटान माग गर्ने, सिफारिस गर्ने र कटान गर्नेसमेतलाई सजाय निर्धारण हुने भएको छ ।
यसमा अन्य १८ जनाले भने सफाइ पाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत हेमन्त प्रसाद साह, सहायक वन अधिकृत बेचन ठाकुरलगायतले सफाइ पाएका हुन् ।
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
Rainha dos Slots? Esse nome me chamou a atenção! Já joguei umas rodadas e adorei os gráficos. Tomara que a rainha me abençoe com uns prêmios! Clica aqui: rainha dos slots