‘तपस्वी’ बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा १० वर्ष कैद

१७ असार, काठमाडौं आफूलाई तपस्वी भनी चिनाउने रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत सर्लाहीले उनलाई सजाय सुनाएको हो । कैदका साथै पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले बताए । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले यस्तो आदेश गरेको हो...थप पढ्नुहोस्

शहीदनगरमा स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : पत्रिकाका प्रकाशक र ठेकेदार मन्सुर दोषी ठहर

१७ असार, काठमाडौं धनुषाको शहीदनगर नगरपालिकामा स्यानिटरी प्याड खरिदमा भएको भ्रष्टाचार मुद्दामा एक जना दोषी ठहर भएका छन् भने बाँकी आठ जनाले सफाइ पाएका छन् । गत २० फागुनमा दायर मुद्दमाथि सोमबार विशेष अदालतले फैसला दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७७–७८ मा स्यानिटरी प्याड खरिद गर्दा...थप पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्रीका छोरा प्रतीक र बेचन झा पक्राउ

१५ असार, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जना प्रतिवादी पक्राउ परेका छन् । यो मुद्दा एक वर्षअघि जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । एक वर्ष अघि नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनी...थप पढ्नुहोस्