95 Views
२३ पुष, काठमाडौं।
अदालतको अवहेलना मुद्दा खेपिरहेका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्षले बोलेको भिडियो झिकाउन सर्वोच्च अदालतलेले आदेश दिएको छ । सर्वोच्चको संयुक्त इजलासले मंगलबार यस्तो आदेश गरेको हो ।
बार अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृृष्ण घिमिरेले गत असोजमा दिएको अभिव्यक्तिका कारण उनीमाथि मुद्दा चलिरहेको छ । मंगलबार यो मुद्दा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा रहेकोमा यस्तो आदेश भएको हो ।
आदेशमा छ, ‘..प्रत्यर्थीको अभिव्यक्ति मिति ०८१÷०६÷११ मा काठमाडौं जिल्ला अदालत बार इकाइले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको भन्ने लिखित जवाफको प्रकरण नं. ४ मा उल्लेख भएको देखिँदा उक्त कार्यक्रमको श्रव्य दृष्यको छायांकन÷अभिलेख आयोजक बार इकाइबाट झिकाइ प्रत्यर्थीलाई देखाइ सुनाइ सोको सनाखत गराइ मिसिल सामेल गरी नियमानुसार पेस गर्नू ।’
अध्यक्ष घिमिरेमाथि यसै वर्ष १४ असोजमा अवहेलना निवेदन दर्ता भएको थियो । बारले विरोध र आन्दोलन गरिरहँदा ६ मध्ये दुई जना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद् बैठकले १२ असोजमा उनीहरुको नाम सिफारिस गरेपछि बार आक्रोशित बनेको थियो ।
जसपछि तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठले लेनदेन मिलाउन नियुक्ति सिफारिस गरेको अभिव्यक्ति बार अध्यक्ष घिमिरेले दिएका थिए । यसै विषयमा सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले अवहेलनामा कारवाही गर्नुपर्ने भन्दै टिप्पणी उठाएका थिए ।
यस मुद्दामा सर्वोच्चले घिमिरेसँग यस अघि लिखित जवाफ माग गरेको थियो । यसअनुसार उनले सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन् ।
गत वर्ष असोज सुरुबाट लागू हुनेगरी न्याय परिषद् नियमावली संशोधन गरिएको थियो । तर यो संविधान र कानूनविपरीत रहेको भन्दै बारले विरोध गर्दै आएको छ ।
हेर्नुहाेस् सर्वाेच्च अदालतकाे आदेश –

देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Yo, 881bet, huh? Felt pretty standard to me. Nothing crazy impressive, but nothing that will blow up in your face either if you know what I mean? 881bet
[2999]Jili99 Online Casino Philippines: Fast Jili99 Login & Register. Enjoy Top Jili99 Slot Games and Official App Download. Experience Jili99 Online Casino Philippines! Fast Jili99 login & register for top Jili99 slot games. Get the official Jili99 app download for secure mobile play now. visit: jili99