94 Views
विशेष अदालतले हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत समेत पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । गत २३ असारमा दायर मुद्दामा विशेषले मंगलबार आंशिक ठहरको फैसला गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण रोकाया तथा प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही दोषी पाइएका हुन् । साथै विशेषका अनुसार हंश रोकाया, सेतु रोकाया र तुलाराज रोकाया पनि दोषी पाइएका छन् । हंश अध्यक्ष कृष्णका सहोदर दाजु हुन् भने सेतु श्रीमती हुन् ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । विशेषका अनुसार यस मुद्दामा पाँच जना भ्रष्टाचारी ठहर भए पनि अन्य चार आरोपीलाई भने सफाइ दिइएको छ । यस मुद्दामा गाउँपालिका उपाध्यक्ष जोसी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इञ्जिनियर रामराज शाही र सब ओभरसियर पदमबहादुर धामीलाई सफाइ दिइएको हो ।
गाउँपालिका अध्यक्ष रोकायाले आफ्नै जग्गामा कोइलिङ कृषि तथा पशुपालन फर्म दर्ता गराएका थिए । उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई दुई वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । साथै दुवैबाट बिगो असुलउपरसमेत हुने फैसलामा उल्लेख छ ।
निजी जग्गामा कृषि फर्म दर्ता गरी सो फर्म मात्र प्रतिस्पर्धामा छनौट हुनेगरी कृषि अनुदान लिएको, सुनियोजित रुपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको भन्दै अध्यक्ष रोकायालाई सजाय सुनाएको हो । प्रमुख प्रशासकीय अधिकृत शाही सम्झौतापत्रमा हस्ताक्षर गरेको तथा भुक्तानी दिने कार्य गरेको भन्दै उनले समेत अध्यक्षसरहकै कसुर गरेको ठहर इजलासको छ ।
यसैगरी हंश रोकाया, सेतु रोकाया र तुलाराज रोकायाले भने मतियारको कसूर गरेको निष्कर्ष इजलासको छ । जस कारण उनीहरुलाई मुख्य प्रतिवादीभन्दा आधा सजाय सुनाइएको हो । उनीहरुलाई जनही एक वर्ष कैद र ४ लाख ८७ हजार पाँच सय रुपैयाँ जरिवाना हुने भएको छ । बिगो भने असुलउपर भइसकेको भन्दै उनीहरुबाट उक्त रकम भराइरहन नपर्ने फैसलामा छ ।
गाउँपालिका अध्यक्ष रोकायाले आफैले निर्णय गरी आफ्नो फर्मका लागि बजेट छुट्याएका थिए । सार्वजनिक पदमा रहँदा नै आफ्नै निजी जग्गामा रहेको आफैले सञ्चालन गरेको कृषि फर्मको घेरबार गर्ने कार्यका लागि उनले बजेट छुट्याएका थिए । आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ मा क्रमशः ९ लाख ५० हजार र १० लाख रुपैयाँ छुट्याइएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
साथै उनले गलत कार्यको ढाकछोपका लागि आफ्नै परिवारका सदस्यहरुलाई उपभोक्ता समितिमा राखेका थिए । गाउँपालिका अध्यक्षले आफ्ना सहोदर दाजु हंश रोकायालाई अध्यक्ष, श्रीमती सेतुलाई कोषाध्यक्ष र तुलराजलाई सचिव बनाएका थिए । पर्खाल लगाउने योजनाको अनुगमन समितिबाट अनुगमन भएको प्रतिवेदनसमेत बनाएर भए गरेको कार्यभन्दा बढीको भुक्तानी नगरपालिकाबाट लिएका थिए ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Guys, I’m addicted to Mahjong Ways and Mahjong Ways 2! That cascading win feature is where’s at! Get your dose of luck here mahjong ways
[9208]4jl Casino Philippines: Login, Register & 4jl App Download Experience the best in online gaming at 4jl Casino Philippines. Register today for easy login, download the 4jl app, and enjoy top-tier slots, live casino, and sports betting. visit: 4jl