128 Views
१७ असार, काठमाडौं
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीबाट गएको बजेट हिनामिना भएको प्रकरणमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । सोमबार विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।
केन्द्रबाट गएको बजेट चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुले हिनामिना गरेको पुष्टि भएपछि सजाय सुनाइएको छ । यद्यपि यस मुद्दामा सबै कर्मचारीहरुले सफाइ पाएका छन् ।
विशेषले उक्त सहकारी संस्थाका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवलाई सजाय सुनाएको हो । उनीहरुलाई जनही ३ लाख २५ हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ भने बिगो रकम असुलउपर समेत हुने फैसलामा उल्लेख छ ।
पशुपञ्छी व्यवसाय प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को पूर्ण पालना नगरी गलत प्रतिवेदनका आधारमा झन्डै पौने १० लाख रुपैयाँ केन्द्रबाट भुक्तानी लिएका थिए । कृषि निर्माण कार्य सम्पन्न भइसकेको तथा झुठा कार्यसम्पन्न प्रतिवेदन तयार गरेर सम्झौताविपरीत कार्य गरेको ठहरसहित उनीहरुलाई सजाय सुनाइएको हो ।
आर्थिक वर्ष ०७५÷७६ मा कृषि सेड निर्माणका लागि उक्त सहकारीलाई रकम उपलब्ध गराइएको थियो । हुँदै नभएको कामको समेत भुक्तानी भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोमा गत १२ चैतमा मुद्दा दायर भएको थियो ।
प्रदेश सरकारबाट आएको रकम हिनामिना भएपछि पशुसेवा विज्ञ केन्द्रका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र चक्रघट्टा–९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहारलाई समेत प्रतिवादी बनाइ मुद्दा दायर भएको थियो । यद्यपि उनीहरु तीनै जनाले सफाइ पाएका छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Alright guys, gotta say I’ve had some luck on Bigwin7! It’s got a cool vibe and the games are pretty engaging. I even managed to snag a few big wins. Give it a shot and see if you can hit it big! Check them out at bigwin7.