114 Views

१५ असार, काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जना प्रतिवादी पक्राउ परेका छन् । यो मुद्दा एक वर्षअघि जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो ।
पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । एक वर्ष अघि नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनी फरार थिए ।
थापा केही समय भारत बसेको प्रहरी स्रोत बताउँछ । उनी नेपाल आएका बेला बौद्धबाट पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा उनकोसमेत संलग्नता देखिएको थियो । उनले उक्त गिरोहबाट पैसा बुझेको देखिएपछि उनलाई समेत उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।
यसैगरी यस मुद्दाका अर्का प्रतिवादी बेचन झा पनि प्रहरी नियन्त्रणमा पुगेका छन् । उनले नक्कली भुटानी शरणार्थीका विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराउने भनी रामशरण केसीबाट दुई करोडको चेक बुझेका थिए ।
उनलाई कञ्चनपुरबाट शनिबार पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ ।
गत वर्ष १० जेठमा ३० जनालाई प्रतिवादी बनाउँदै ठगीको मुद्दा दर्ता भएको थियो । यस मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसमेत १३ जना थुनाबाहिर छन् । उनीहरु बाहिरै रहेर तारेख धाउँदैछन् ।
अर्कोतिर पुर्पक्षका लागि हाल सात जना थुनामा छन् । जसमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, ईन्द्रजीत राई, उनका छोरा सागर राई, पूर्वमन्त्री टोपबहादुर रायमाझी छन् । मुख्य योजनाकारहरु सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्मा पनि थुनामै छन् ।
पक्राउ परेका थापा र झाका हकमा जिल्ला अदालत काठमाडौंले आइतबार मात्र आदेश गर्नेछ । उनीहरुलाई थुनामा पठाउने, धरौटी माग गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णय अदालतले गर्नेछ । यससँगै १० जना फरार प्रतिवादी रहेकोमा अब केवल ७ जना अदालतमा उपस्थित हुन बाँकी छन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
I was just searching for this information for some time. After six hours of continuous Googleing, finally I got it in your website. I wonder what’s the lack of Google strategy that don’t rank this kind of informative sites in top of the list. Normally the top sites are full of garbage.
Been hearing tons about b7k. Finally checked it out and I see what all the fuss is about. Great selection and decent odds. b7k