117 Views
१२ असार, काठमाडौं
देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । जसमध्ये काठमाडौंबाट मात्र दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्रामसहित इलामका युवक पक्राउ परेका हुन् । उनलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंकै तिलगंगाबाट झापा गौरादह नगरपालिका(७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाई पक्राउ परेकी छिन् । उनलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्रामसहित हिजो साँझ पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनको डेरा खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिकास्थित शर्मा गल्ली नजिकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका(८ गोल्छा बस्ने १९ वर्षीय भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
नेपालगञ्जकै मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका(३ घर भएका ३० वर्षीय रवी थापालाई पनि ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । उनलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ किलो बरामद भएको छ । रूकुमपश्चिम आठ्बिस नगरपालिका(३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई प्रहरीले यस प्रकरणमा पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका(३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । लक्ष्मी भने फरार छिन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका(११ भिमबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका(३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका(२ मिलनचोक बस्ने १९ वर्षीय छत्र बहादुर सिंह छन् ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका(२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका(२ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Hey there! Lookin’ for a new place to try your luck? I stumbled upon win5677 recently, and I gotta say, I’m digging it. Solid selection of games and things seem pretty straightforward. Worth a shot, right? Head over to win5677 and see what you think.