बाराका क्याम्पसप्रमुख कुशवाहाको हत्या अभियोगमा सात जना पक्राउ

इसमाद इसमाद    230 Views
बाराका क्याम्पसप्रमुख कुशवाहाको हत्या अभियोगमा सात जना पक्राउ
1Shares

१२ असार, काठमाडौं

बारास्थित एक क्याम्पसका प्रमुख रहेका हरिभूषण कुशवाहा हत्या प्रकरणमा सात जना पक्राउ परेका छन् । कुशवाहाको गत ३२ जेठमा गोली हानी हत्या गरिएको थियो ।

यस प्रकरणमा सात जनालाई नियन्त्रणमा लिइएको बाराका नायव प्रहरी उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले विज्ञप्तीमार्फत् जानकारी दिएका छन् । पक्राउ परेकाहरुमाथि ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

डिएसपी न्यौपानेका अनुसार आदर्शकोतवाल गाउँपालिकाका ३२ वर्षिय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षका चाँदसीप्रसाद कुशवाहा, २७ वर्षिय श्रवण कुमार साह, ५० वर्षिय ब्रह्मदेव राम, ३४ वर्षिय राधेश कुमार पटेल र ५४ वर्षिय विनोद कुर्मीलाई पक्राउ गरिएको हो ।

यसैगरी करैयामाइ वडा नं. ७ का ५० वर्षिय मोतिलाल चौधरीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुका साथमा ६ राउन्ड गोली, ३ वटा मोटरसाइकलका साथै नेपाली र भारतीय नम्बरका सिमकार्डसमेत बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार उनको हत्यामा जग्ग र घरायसी विवाद जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि अनुसन्धान टुंगिन बाँकी नै छ ।

यस घटनामा केही फरार अभियुक्तहरु रहेकोमा उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक कुशवाहा रामराजा बहुमुखी क्याम्पसका प्रमुख थिए ।

अज्ञात समूहले उनीमाथि आदर्शकोतवाल गाउँपालिकाको बतरा भन्ने स्थानमा गोली प्रहार गरेको थियो । पिठ्यूँमा गोली लागेर घाइते कुशवाहालाई उपचारका लागि वीरगञ्ज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

10 thoughts on “बाराका क्याम्पसप्रमुख कुशवाहाको हत्या अभियोगमा सात जना पक्राउ

  1. I cling on to listening to the news update speak about getting boundless online grant applications so I have been looking around for the top site to get one. Could you advise me please, where could i find some?

  2. The article is eye-opening and stimulating. Thanks for sharing your original perspective on this subject.

  3. 📢 Notification- Operation 1.225040 BTC. Confirm > https://graph.org/Message--120154-03-25?hs=d98e14e84a26ea2b0f97f497d4f27f96& 📢 says:

    h9b7ff

  4. * * * Get Free Bitcoin Now: http://tblc.us/index.php?avff88 * * * hs=d98e14e84a26ea2b0f97f497d4f27f96* ххх* says:

    r0oqi3

  5. 💻 + 1.748434 BTC.GET - https://graph.org/Official-donates-from-Binance-04-01?hs=d98e14e84a26ea2b0f97f497d4f27f96& 💻 says:

    qc81ky

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार