तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ

इसमाद इसमाद    76 Views
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
0Shares

४ माघ, काठमाडौं ।

विशेष अदालतले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ दिएको छ । ७ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा आइतबार विशेषले यस्तो फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डरको सूचना छपाइमा अनियमितता गरेको र गैरकानूनी लाभ लिएको भन्दै पत्रकारसमेतलाई प्रतिवादी कायम गरी मुद्दा चलाएको थियो । यसमा तिलाठीका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र सह–लेखापाल शत्रोहन दास प्रतिवादी थिए ।

उनीहरु दुईका साथै यस मुद्दामा टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भुषण कुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीको संलग्नता रहेको दाबीसहित ६ महिनाअघि अख्तियारले मुद्दा चलाएको थियो । आइतबार विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइरालाको इजलासबाट यस्तो फैसला आएको हो ।

अभियोगपत्रअनुसार तिलाठीमा ०७९÷८० मा गाउँपालिकाभित्र विभिन्न निर्माण कार्यको ठेक्काका लागि ४ वटा ठेक्का आह्वान गरिएका थिए । सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा सूचना निकाल्नुपर्नेमा सो सूचना लुकाई सार्वजनिक रुपमा नभइ अभिलेखमा राख्न मात्र एक÷एक प्रति सूचना प्रकाशित गरिएको भेटिएको थियो । अख्तियारको अनुसन्धानले ती सूचना प्रेस काउन्सिलको अभिलेखमा नदेखिएको तथा पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफमा पनि नभेटिएको उल्लेख छ ।

गाउँपालिकाले उक्त सूचनाका आधारमा बिल भरपाइ गरेको थियो । यस कार्यमा ३ लाख १६ हजार रुपैयाँको अनियमितता भएको भन्दै मुद्दा दायर भएको थियो । अख्तियारले गत २० जेठमा यो मुद्दा विशेषमा दर्ता गरेको थियो ।

4 thoughts on “तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ

  1. 🍒 Adult Dating. Accept ⇢ yandex.com/poll/43o224okZdReGRb1Q8PXXJ?hs=2d22a0b7c196178a97450ae25586db03& Deadline Alert № SUEK2792845 🍒 says:

    gqjbh1

  2. 🫠 Dating for sex. Continue 👉🏾 yandex.com/poll/8hXbLncmhT9jUSaYzP6sMm?hs=2d22a0b7c196178a97450ae25586db03& Alert № IUSJ8046767 🫠 says:

    1x5who

Leave a Reply to Damian196 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार