115 Views
काठमाडौं, २ माघ ।
आफैले एक दिन अघि गरेको निर्णयलाई महान्यायाधिवक्ता सविता भण्डारी बरालले सच्याएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पूर्वगहृमन्त्री रवि लामिछानेको हकमा ३० पुसमा गरेको निर्णयलाई उनले २ माघमा संशोधन गरेकी हुन् ।
३० पुसमा गरेको निर्णयलाई २ माघमा केही मिलाउँदै उनले अब रविसमेत प्रतिवादी रहेका मुद्दाका अन्य प्रतिवादीलाई पनि सहज बनाएकी हुन् । उनले शब्द थपघट गरेको महान्यायाधिवक्ताको कार्यालयका एक उच्च अधिकारीले पुष्टि गरे पनि प्रवक्ताले भने यसबारे आफूलाई केही जानकारी नभएको बताए ।
सहन्यायाधिवक्ता तथा प्रवक्ता अच्युतमणी न्यौपानेले आफूलाई कुनै नयाँ निर्णयबारे वा निर्णय सच्याइएको विषयमा कुनै जानकारी नभएको बताए । यद्यपि महान्यायाधिवक्ता कार्यालयकै एक अधिकारी भन्छन्, ‘अस्ति गरिएकै निर्णयमा ‘‘निजको हकमा’’ भन्ने शब्द झिकिएको हो । अब त्यसलाई अरुको हकमा पनि अभियोग कायम नरहने अर्थ लगाउन पनि मिल्छ । हुन त, अरुले निवेदन दिएका त थिएनन् । तर कसरी निर्णय भयो उहाँलाई नै थाहा होला ।’
महान्यायाधिवक्ताले थप अर्को निर्णय गरेको भन्दा पनि आफ्नै निर्णय मिलाइएको अर्का एक सरकारी वकीलले जानकारी दिए । उनले पुसको निर्णयमा केही थपघट गरिएको पुष्टि गरे । मुद्दा एउटै हुने र प्रतिवादी धेरै हुने भएकाले अभियोगपत्र संशोधनको हकमा सबैमाथि नै निर्णय हुने उनको भनाइ छ ।
ती अधिकारीले भने, ‘मुद्दाको हकमा के हुन्छ भने जति जना प्रतिवादी हुन्छ, सबैमाथि चल्छ । फिर्ता लिने हो भने पनि सबैमाथिबाट फिर्ता हुन्छ । पुनरावेदन गर्ने वा नगर्ने बेला पनि यस्तै हुने हो । अमूक प्रतिवादीमाथि चल्ने अन्यमाथि नचल्ने भन्ने हुँदैन ।’
पहिलो पटक बुधबार महान्यायाधिवक्ता भण्डारीले निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेउपरका सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा लामिछानेका हकमा कायम नरहेगरी सरकारी वकीलको कार्यालयमार्फत् अभियोगपत्र संशोधनका लागि लेखी पठाउने निर्णय गरेकी थिइन् । ठगी र सहकारी ठगीका मात्र कायम रहनेगरी र बचतकर्ताको निक्षेप फिर्ताको बाटो खोल्दै मिलापत्रको विकल्प कायम रहनेगरी उक्त निर्णय गरिएको थियो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ बमोजिम अभियोगपत्र संशोधनको निर्णय भएकोमा यसैमा संशोधन गरिएको हो । यस अघि महान्यायाधिवक्ताको कार्यालयको वेब साइटमै उक्त निर्णय राखिएकोमा त्यसलाई हटाइएको छ । पहिलेको निर्णयमा ‘..ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी..’ भनिएकोमा ‘‘निजको हकमा’’ भन्ने शब्द हटाइएको हो ।
अभियोगपत्र संशोधन भनिए तापनि सारमा यो मुद्दा फिर्ता नै रहेको छ । प्रक्रिया फरक भए पनि बचतकर्ताको निक्षेप सुनिश्चित गर्न र आगामी चुनावको माहोल तयार गर्नका निम्ति पनि यो कदम चालिएको आकलन छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
jljl22 https://www.jljl22w.net
Drive sales and watch your affiliate earnings soar!
Drive sales and watch your affiliate earnings soar!
Tap into unlimited earning potential—become our affiliate partner!
Interesting take on baccarat strategy! Seeing platforms like hao88 online casino prioritize provably fair gaming & fast payouts via blockchain is a game changer for trust. KYC seems streamlined too. 👍
Sign up and turn your connections into cash—join our affiliate program!
Drive sales, earn commissions—apply now!
Be rewarded for every click—join our affiliate program today!
Refer friends, collect commissions—sign up now!