सुडानमा अन्धाधुन्ध गोली प्रहारमा परी सयभन्दा बढीको मृत्यु

इसमाद इसमाद    102 Views
सुडानमा अन्धाधुन्ध गोली प्रहारमा परी सयभन्दा बढीको मृत्यु
0Shares

१ माघ, काठमाडौं।

सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको केही क्षेत्रमा अन्धाधुन्ध गोली चलेको छ । जसमा सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

उक्त क्षेत्रमा भएको गोलाबारीमा हालसम्म एक सय २० जनाको ज्यान गएको स्थानीय स्वयंसेवक उद्धारकर्ताहरुले बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको उक्त घटनापछि उपचार गर्ने स्वास्थ्य संस्था र चिकित्सकको अभाव भएको देखिएको छ ।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बिचको लडाइ बढेको छ। सहयोगमा सामेल निकायहरुका अनुसार उक्त युद्धमा दसौँ हजार मानिसको हालसम्म मृत्यु भइसकेको छ ।

युद्धजस्तो यस परिस्थितिले देशलाई अनिकालको सँघारमा पारेको भन्दै सहयोगी निकायहरुले चिन्ता व्यक्त गरेका छन् । सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको आरोप लगाइएको छ ।

ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रणमा लिएको छ । नाइल नदीका दुवैतर्फका बासिन्दाहरूले नदी तरेर समेत गोली प्रहार भएको बताएका छन् । (एजेन्सी)

3 thoughts on “सुडानमा अन्धाधुन्ध गोली प्रहारमा परी सयभन्दा बढीको मृत्यु

  1. [3708]Taya3653 Online Casino: Top Philippines Gaming Platform. Quick Login, Easy Register, and App Download for Premium Slot Games. Experience the best at Taya3653 Online Casino, the top Philippines gaming platform. Fast taya3653 login, easy register, and premium taya3653 slot games await you. Secure your taya3653 app download today for the ultimate mobile casino experience and big wins! visit: taya3653

Leave a Reply to f8betceo Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार