भारतको केरलमा दलित छात्रामाथि सामूहीक बलात्कार, ६४ जनामाथि छानबिन हुँदै

इसमाद इसमाद    101 Views
भारतको केरलमा दलित छात्रामाथि सामूहीक बलात्कार, ६४ जनामाथि छानबिन हुँदै
39Shares

२९ पुष, काठमाडौं।

भारतको केरल राज्यमा एक दलित किशोरीमाथि सामूहीक बलात्कारको घटना सार्वजनिक भएको छ । बिबिसीले जनाएअनुसार यस मामिलामा ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।

केरल पुलिसले पतनमथिट्टामा एक १८ वर्षीय दलित छात्रामाथि भएको गैंगरेपको जाँचका लागि एक विशेष दल गठन गरेको जनाएको छ । यस घटनामा ६४ अभियुक्त रहेकोमा २८ जना पक्राउ परिसकेका छन् ।

बलात्कृत किशोरीका छिमेकी, छिमेकीका साथी, उनका पिताका साथी, स्पोर्टस् कोचसमेतका व्यक्ति पक्राउ परेका हुन् । साथै प्रहरी नियन्त्रणमा रहेकामध्ये दुई जना १७ वर्षका नाबालक हुन् भने अन्य १९ देखि ४७ वर्षसम्मका पुरुष छन् ।

यस घटनामा दुई प्रहरी कार्यालयमा गरी हालसम्म १८ वटा उजुरी दर्ता भएका छन् । बालिकमाथि विगत पाँच वर्षमा तीन पटक सामूहीक बलात्कार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पहिलो पटक उनको घर नजिकै उनीमाथि यो घटना भएको प्रहरीको भनाइ छ ।

पीडिताका एक साथीले बलात्कार गरी उनको फोटो र भिडियो बनाइ बारम्बार त्यसैका आधारमा फेरि पनि त्यस्तो घृणित कार्य गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । पीडिता मानसिक रुपमा निकै जटिल अवस्थामा रहेकि छिन् । एक एनजिओ पीडिता किशोरीको घर जाँदा उनले काउन्सेलरसामु यो कुरा राखेकी थिइन् ।

2 thoughts on “भारतको केरलमा दलित छात्रामाथि सामूहीक बलात्कार, ६४ जनामाथि छानबिन हुँदै

Leave a Reply to 23phwin Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार