471 Views
२६ पुष, काठमाडौं।
खानी तथा भूगर्भ विभागले दैलेखमा ग्यास भण्डारण रहेको पत्ता लगाएको छ । दैलेखको जलजलेमा सुरु भएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य सकिएपछि यस्तो नतिजा आएको हो ।
विभागले २८ वैशाख ०८१ बाट गरिएको ड्रिलिङको कामपछि ग्यास भेटिएको निष्कर्षमा पुगेको जनाइएको छ । चार हजार १३ मिटर गहिराइमा पुग्दा ग्यासको भण्डार भेटिएको हो । नेपालमा अहिलेसम्म गरिएका अन्वेषणहरूमध्ये सबैभन्दा राम्रो नतिजा प्राप्त भएको विभागको भनाइ छ ।
यसै विषयमा थप अध्ययनका लागि ड्रिलिङका वेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाउने र त्यहाँबाट प्राप्त प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढ्ने खानी तथा भूगर्भ विभागका प्रकाश लुइँटेलले बताए । भण्डारण पत्ता लागेपछि आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप काम कसरी अगाडि बढाउन सकिन्छ भनेर विभागले अन्वेषण टोलीलाई पत्र पठाइसकेको बताएको छ ।
करिब तीन महिनासम्म स्पष्ट खाकासहितको प्रतिवेदन चीन सरकारको टोलीले नेपाल सरकारलाई दिएपछि अर्को प्रक्रिया सुरु हुने विभागले जनाएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न चीनसँग ०७२ सालमा सहमति भएसँगै चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषण कार्य सुरु भएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा चीनसँग सम्झौता भएको थियो । ग्यास भण्डार भेटिएसँगै दोस्रो चरणको काम सकिएको भए पनि तेस्रो चरणमा लाग्ने खर्च, व्यावसायिक उत्पादन योग्य भए–नभएकोसमेतका कार्य अझै हुन बाँकी छन् । यसबारेमा चीन सरकारले नेपाललाई प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।
यसमा तीनदेखि चार महिना अझै लाग्ने छ । विभागका अधिकारीका अनुसार अब बेल टेस्टिङको काम अगाडि बढाइनेछ । दैलेख सदरमुकामको नारायण नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको संगमस्थल शिरस्थाननजिकै जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४५ रोपनी जग्गा सरकारले अतिक्रमण गरेर अन्वेषणको काम सुरु भएको थियो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
This post has reinforced my belief in the power of acquiring knowledge from others.
Your blog is a hidden gem in the vast world of the internet. So glad I discovered it!
I’m grateful for the pragmatic advice you’ve shared based on your personal experiences.
9z3kme
j0cj7j
j2fyrx
l139nb
cxpsr1
ro0rxv
giv5j6
k0ud0p
Hey folks, just checked out 99ok5 and it’s got a decent selection of games. Nothing groundbreaking, but good if you’re looking for something new to try. Check it out at 99ok5
a4f2t4