जनकपुर उपमहानगरका वडाध्यक्ष, वडासचिवसमेत तीन जनालाई घूस मुद्दामा सजाय

इसमाद इसमाद    489 Views
जनकपुर उपमहानगरका वडाध्यक्ष, वडासचिवसमेत तीन जनालाई घूस मुद्दामा सजाय
35Shares

२५ पुष, काठमाडौं।

विशेष अदालतले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का अध्यक्षसमेत तीन जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेषले वडा सचिव तथा घूससँगै पक्राउ परेका अर्का एक व्यक्तिमाथि पनि कसूर कायमको फैसला गरेको हो ।

विशेषका अनुसार जनकपुर वडा नं. २४ का अध्यक्ष उपेन्द्र सहनीलाई विशेषले ६ महिना कैद तथा २ लाख २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । साथै वडा सचिव तथा शाखा अधिकृतलाई मतियारसरह मानी त्यसको आधा सजाय तोकिएको छ ।

यसैगरी वडा सचिव उपेन्द्र साहु तेली र विजय मण्डललाई पनि सजाय तोकिएको छ । उनीहरुलाई जनही ३ महिना कैद र १ लाख १२ हजार ५ सय रुपैयाँ जरिवाना हुने भएको विशेषले जनाएको छ । विशेषका सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा आंशिक ठहरको फैसला गरेको हो ।

वडाध्यक्ष सहनी र वडा सचिव तथा शाखा अधिकृत साहुले घरबाटो प्रमाणित गरिदिनका लागि सेवाग्राहीसँग साढे ४ लाख रुपैयाँ घूस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले घूस लिइसकेको अवस्थामा उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको थियो । जसपछि तीनै जनाउपर गत १४ असोजमा मुद्दा दायर भएको थियो ।

10 thoughts on “जनकपुर उपमहानगरका वडाध्यक्ष, वडासचिवसमेत तीन जनालाई घूस मुद्दामा सजाय

  1. Your blog has quickly become my preferred source for motivation. Thank you for sharing your ideas.

  2. 📦 + 0.75913022 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=009d191544f023dd2ea9cf7155b66a59& 📦 says:

    obtnx5

  3. 📢 Email- Operation 1.564559 BTC. Withdraw > https://graph.org/Ticket--58146-05-02?hs=009d191544f023dd2ea9cf7155b66a59& 📢 says:

    12m6li

  4. 🖇 Message; + 1,617560 bitcoin. Confirm =>> https://yandex.com/poll/enter/E34y9iSdaRJD7QXHZ9jb9R?hs=009d191544f023dd2ea9cf7155b66a59& 🖇 says:

    omwq06

  5. * * * $3,222 payment available! Confirm your transaction here: http://omega-thunder.online/index.php?u3xhv7 * * * hs=009d191544f023dd2ea9cf7155b66a59* ххх* says:

    7mcqry

  6. 🖤 Adult Dating. Go - yandex.com/poll/LZW8GPQdJg3xe5C7gt95bD?hs=009d191544f023dd2ea9cf7155b66a59& Notification № 6879 🖤 says:

    yf6m56

  7. 🤌 Sex Dating. Go > yandex.com/poll/LZW8GPQdJg3xe5C7gt95bD?hs=009d191544f023dd2ea9cf7155b66a59& Message № 7947 🤌 says:

    53c0ds

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार