299 Views
२२ पुष, काठमाडौं ।
ह्युमन मेटान्युमोभाइरस भाइरस अर्थात् एचएमपिभी भाइरसबाट चीन आक्रान्त छ भने भारतमा पनि यो भाइरस दुई बालबालिकामा देखिइसकेको छ । नेपालमा पनि जोखिम रहेको यो भाइरस आखिर के हो त?
हालसम्मको अध्ययनअनुसार यो भाइरस २ सय देखि ४ सय वर्ष पहिले चराबाट उत्पत्ति भएको मानिन्छ । तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ अर्थात्, म्युटेट भइरहेको छ । अहिले अवस्था कस्तो आइसक्यो भने यो भाइरसले अब चराहरूलाई सङ्क्रमित गर्न सक्दैन ।
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २००१ मा मानिसमा यो भाइरस भेटिएको थियो । यो भाइरसले सबै उमेरका मानिसलाई संक्रमित बनाउनसक्ने देखिएको ।
एचएमपिवीका मुख्य लक्षणहरुमा बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । यो बढ्दै गए ब्रोंकाइटिस वा निमोनियासमेत हुन सक्छ । यसको संक्रमण अवधि सामान्यतया तीनदेखि ६ दिनसम्मको हुने देखिएको भए पनि रोगको अवधि कम वा बढी हुन सक्छ । यो सङ्क्रमण कति गम्भीर छ त्यसमाथि यसको अवधि भर पर्छ ।
यस भाइरसको बारे हालसम्म भएको अध्ययनअनुसार यो भाइरस खोकी र हाँच्छ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ । संक्रमित व्यक्तिको खकार, थुक आदिबाट यो फैलन्छ । यो रोग लागेका व्यक्तिसँग अँगालो मार्दा, छुँदा, हात मिलाउँदा यसको संक्रमण सर्न सक्छ ।
संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्युँ गर्दा थुकको कण सतहमा खसेमा त्यो सतह छोएर त्यो हातले अनुहार, नाक, आँखा वा मुख छुँदा पनि यो रो सर्छ । त्यसैले यो भाइरसबाट बच्न पनि कोरोनाकै स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने चिकित्सक सल्लाह दिन्छन् ।
यो भाइरसले रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धालाई बढी असर पार्ने देखिएको छ । त्यसैल वृद्ध र बालबालिकाका साथसाथै रोग प्रतिरोधात्मक क्षमता न्यून भएकाहरु बढी जोखिममा छन् ।
उनीहरुलाई भिडभाडमा सकेसम्म नजान भन्नुपर्छ भने जानै पर्ने अवस्था आए मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । साथै घरको कोहीमा रुघाखोकीको लक्षण देखा परेमा परिवारका सबै सदस्य सतर्क रहनुपर्छ ।
यसैगरी खोक्दा वा हाँच्छ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्न चिकित्सक सल्लाह दिन्छन् । साथै केही घण्टाको अन्तरमा साबुन पानीले कम्तीमा पनि २० सेकेन्डसम्म हात धुनुपर्छ ।
रुघा लागेमा मास्क अनिवार्य प्रयोग गर्नुका साथै घरमै बसेर आराम गर्नुपर्ने सुझाव चिकित्सकको छ । साथै एचएमपिभीको संक्रमण देखिएमा वा आशंका लागेमा आफ्ना जुठा भाँडाहरू अर्कालाई प्रयोग गर्न नदिनुहोस् र निर्मलीकरण गर्नुहोस् ।
हालसम्म यो भाइरसको लागि कुनै एन्टिभाइरल वा भ्याक्सिन बनेको छैन । कुनै औषधि पनि विकास नभइसकेकाले रुघा र ज्वरोका औषधि नै संक्रमितलाई दिइने गरेको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
3hye2m
This blog is a fantastic resource for experts involved with these industries.
This website is essential reading for anyone interested in knowing more about related topics.
Your blog has quickly become my preferred source for inspiration. Thank you for sharing your insights.
2tykm2
1fzmm3
0j18io
830qsc
wxcjpr
jxk5c0
vrjywg
329b8v
nw2c36
188betvietnam is something to behold. I can say it is quite awesome and nice. Checkout 188betvietnam now!
1imovc