127 Views
१९ पुष, काठमाडौं।
सर्वोच्च अदालतको निर्माणाधीन भवन ७६ प्रतिशत सम्पन्न भएको छ । निर्माण कम्पनीका अनुसार २४ प्रशितत काम हुन बाँकी छ ।
०७७ चैतमा बिनापुरी–कालिका–समानान्तरले निर्माणका लागि ठेक्का पाएको थियो । यसको लागत पाँच अर्ब ८९ करोड रुपैयाँभन्दा बढी छ ।
पहिले नेपाली सेनाको तबेला भएको स्थानमा सर्वोच्चको उक्त भवन बन्न लागेको हो । उक्त निर्माण कम्पनीलाई पछिल्लो पटक ६ महिनाको म्याद थप गरिएको थियो । सर्वोच्च अदालतका अनुसार आगामी १८ असोजभित्र बाँकी काम सम्पन्न भइसक्नुपर्नेछ ।

उक्त भवन कूल १८ रोपनीमा बनिरहेको छ । भवनको निर्माण सम्पन्न भएपछि इन्टेरियरका लागि अर्को ठेक्का आह्वान गर्ने योजना सर्वोच्च अदालतको छ । १ लाख स्क्वायर फिटमा निर्माधाणीन उक्त भवनमा दुई तले पार्किङ छ भने माथिको अडिटोरियमसमेत जोड्दा आठ तले भवन हुनेछ ।
नयाँ भवनमा २१ जना न्यायाधीश सम्मिलित वृहत्त पूर्ण इजलासका लागि ठूलो इजलासको पनि व्यवस्था छ । साथै अन्य १७ वटा इजलास पनि रहेका छन् ।

सर्वोच्चले नयाँ भवन निर्माण भए पनि हालको मुख्य भवन नभत्काइने जनाएको छ । ऐतिहासिक महत्वका भएकाले त्यसमा संग्राहलय बनाइनेछ । हाल भने लेखा शाखा रहेको भवन भत्काइँदै छ । एनेक्स भवनको माथिल्लो तलासमेत भत्काउने योजना रहेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।
यो भवन निर्माणसँग जोडिएको अनियमिततामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासमेत मुछिएका थिए । महालेखापरीक्षकले प्रश्न उठाए पनि न्यायालयमा अख्तियार प्रवेश गर्न नपाउने भएका कारण यो विषयमा छानबिन नै भएको थिएन ।

देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Heard about ‘code bắn cá zagoo’ and had to investigate. The Zcazagoo platform has something really interesting. If you are looking for some fishing fun check it out here: code bắn cá zagoo.
91phcom https://www.91phcom.net