515 Views
– तुलानारायण साह (राजनीतिक विश्लेषक)
आज नेपाली राजनीतिले बेग्लै बाटो लिएको छ । सधैँ एक अर्कालाई गाली गर्ने, आरोप–प्रत्यारोपमा उत्रिने दुई दल एकठाउँ मिलेर सरकार गठन गरेका छन् ।
राजनीतिक स्थिरता र संविधान संशोधनको लागि एकठाउँ आएको भन्छन् । यसका लागि निर्वाचन प्रणाली संशोधन गर्न लागेका छन् । समानुपातिक समावेशी निर्वाचन प्रणाली समाप्त गर्ने उनीहरुको उद्देश्य हो ।
साथै थ्रेसहोल्ड बढाउने पनि मनसाय देखिन्छ । ताकि मधेसी दलको सहभागिता संसदमा नहोस् । अहिले रहेको ३ प्रतिशतलाई बढाएर ७ वा १० प्रतिशत पु¥याइयो भने स–साना दलहरुको के हुन्छ?
२०६४ मा जब समानुपातिक समावेशी प्रणाली अपनाइयो, मधेसीको प्रतिनिधित्व संविधासभामा ३४ प्रतिशत पुग्यो । जबकी त्यस अघिका जति पनि निर्वाचन भए, संसदमा पुगे, तिनमा केवल १५ देखि १७ प्रतिशत मधेसी हुन्थे । तर ६०१ सभासद् हुँदा ३० प्रतिशतभन्दा बढी मधेसी थिए ।
त्यसै कारणले रामवरण यादव गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भए । उनको प्रतिस्पर्धामा पनि गजेन्द्रनारायण सिंह हुनुहुन्थ्यो । तर त्यो प्रतिनिधित्व अहिले घटेको छ, किनकी क्लस्टर बढाइएको छ । आदिवासी, जनजाति, दलितजस्ता क्लस्टरले मधेसीको संख्या सदनमा कम भएको हो । विशेषगरी खस–आर्यको क्लस्टर पनि थपिएपछि त पहिल्यैदेखि शासन सत्तामा बाहूल्यता रहेका समुदायकै संख्या बढिरहेको छ ।
अहिलेको सरकारले संविधान संशोधन गरेर यसलाई अझै बढाउन चाहेको देखिन्छ । त्यसैले मधेसकेन्द्रित दलहरुले साझा धारणा बनाउनु जरुरी छ ।
अर्को भनेको संविधानको बारेमा भ्रम के छरिएको छ भने संविधान केवल वकीलले व्याख्या गर्छन् । तर त्यस्तो होइन, त्यसो हुन्थ्यो भने संविधानसभाले नभइ संविधान नेपाल बार एसोसिएसनले जारी गथ्र्यो । अहिले पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा कानुनसम्बद्ध व्यक्ति राखेर संविधान संशोधनका विषयहरु अध्ययन हुँदैछ ।
संविधान संशोधन गर्ने काम पुर्वन्यायाधीश क्लबको होइन । नेपालको राजनीतिमा सीमान्तकृत दलहरुबीच वैचारिक प्रश्न हो, संविधान संशोधन दलहरुबीचको सहमतिबाट कि लेखापढी गर्नेबाट हुने?
अर्को कुरा, मधेसी दलहरु मत माग्ने बेला मधेसी बाहूल्य क्षेत्रमा जान्छन् । तर त्यहाँबाट आएको मतले के गर्दैछन्? डेढ दुई सय स्थानीय तहमा मधेसी नेतृत्वले के देखाएको छ भने स्थानीय तहमा बेथिति बढ्दै छ ।
मधेस प्रदेश सरकार बनेर के आमूल परिवर्तन आयो त? संघसँग अधिकार माग्दै गर्दा, संसदमा प्रतिनिधित्व माग्दै गर्दा हामीले यी प्रश्नका जवाफ पनि खोज्नुपर्ने बेला आएको छ । शिक्षाजस्तो विषयमा, स्थानीय साधन स्रोतमाथि लुट छ ।
मधेसी दल यसमा केही बोलेका छैनन् । जब–जब काठमाडौंले गरेको विभेद याद आउँछ, तब मात्र विरोध गर्नु उचित होइन । मधेसको राजनीतिमा परिवारवाद चुनौती हो । यसको पनि समाधान हुनु जरुरी छ ।
(मधेसी एकता समाजद्वारा मंगलबार राजधानीमा आयोजित मधेसी शक्तिहरुबीच सहकार्य : आवश्यकता र चुनौती विषयक कार्यक्रममा साहले राखेको धारणाको सम्पादित अंश)
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
u1pite
areekn
Your blog is an excellent resource for students seeking more information on related topics.
Your prose paints vivid scenes in my mind. I can clearly imagine every aspect you portray.
brizcn
0825z3
90h0a4
ex84ow
8pfoxg
g95l5d
Ugh, always a pain finding the right link to bet365. This linkvaobet365 site seems to update regularly. Hopefully, it saves me some headaches in the future! Definitely bookmarking linkvaobet365.