104 Views
१२ मंसिर, काठमाडौं।
सम्बन्धविच्छेदको एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले तीन वर्ष श्रीमती वा श्रीमान् अलग बसेकै आधारमा सम्बन्धविच्छेदको आधार तयार नहुने जनाएको छ । श्रीमानको घरमा श्रीमती बस्ने वातावरण नभएको अवस्थामा श्रीमती अलग्गै बसेमा त्यसैका आधारमा सम्बन्धविच्छेद गर्न नसकिने व्याख्या उक्त फैसलामा छ ।
श्रीमती तीन वर्षसम्म श्रीमानको बिना मञ्जुरीबिना छुट्टै बसेमा सम्बन्धविच्छेदको आधार बन्नसक्ने कानूनी व्यवस्था भए पनि यान्त्रिक तरिकाले फैसला गरेर नहुने उक्त फैसलामा छ । उक्त फैसलामा भनिएको छ, ‘लोग्नेको घरमा श्रीमती बस्न नसक्ने अवस्था उत्पन्न भै श्रीमती घर छाडी अलग बसेको परिस्थितिमा समेत लोग्नेले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पाउने भनी व्याख्या गर्नु न्यायपूर्ण देखिएन ।’
गत वर्ष २३ पुसमा सर्वोच्चको संयुक्त इजलासबाट यो मुद्दामा फैसला भएकोमा हालै पूर्णपाठ सार्वजनिक भएको हो । यस अघि लागू रहेको मुलुकी ऐनको लोग्ने स्वास्नीको महलअनुसार दायर मुद्दा ०७० सालदेखि काठमाडौं जिल्ला अदालत पुगेकोमा दशकपछि सर्वोच्चबाट टुंगिएको हो ।
हाल लागू रहेको मुलुकी देवानी संहितामा पनि तीन वर्ष वा सोभन्दा बढी श्रीमानको मञ्जुरीबिना श्रीमती छुट्टै बसेमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ । यसलाई समेत स्पष्ट पार्दै अदालतले भनेको छ, ‘..प्रतिवादी माइतमा बसेको तीन वर्ष अवधि पुगेको भनी मानेको अवस्थामा पनि समयको गणणा गरी अवधि पुग्नुमात्र सम्बन्ध विच्छेदको आधार हुन सक्ने देखिएन । सम्बन्ध विच्छेद हुनको लागि स्वास्नीले लोग्नेको मञ्जुरीबिना स्वेच्छाले घर छाडेको हुनु अनिवार्य हुन्छ,’ फैसलामा छ ।
नेपाली सामाजिक परिवेशमा बिहेपछि महिलाले माइती छाडी श्रीमानको घरमा बस्नुपर्ने र त्यसैलाई बासस्थान मान्नुपर्ने व्यवस्था रहे पनि श्रीमानका परिवारले बस्न नदिएको अवस्था पनि हुनसक्ने कारण केवल छुट्टै बसेको समयलाई मात्र गणणा गरेर सम्बन्धविच्छेदको फैसला हुन नसक्ने निष्कर्षमा इजलास पुगेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो फैसला गरेको हो ।
काठमाडौंको चावहिल बस्ने मुनिष आचार्यले श्रीमती श्रुती गौतमलाई विपक्षी बनाइ सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए । उनीहरु दुवैबीच ०६६ को असार मध्यमा विवाह भए पनि त्यसको दुई महिनापछि नै श्रीमती माइत बस्न थालेको निवेदकको दाबी थियो ।
श्रीमती अनेक बहानामा सुरुबाटै माइतै बस्ने गरेकोले बच्चाको जायजन्म पनि नभएको बताएका थिए । वैवाहिक मतभेद बीच ०६७ दशैंमा श्रीमतीका परिवार आएर आफू र आफ्ना बुवामाथि हातपात गरेकोले श्रीमतीसँग सम्बन्धविच्छेद मुद्दा दायर गर्नुपरेको बताएका थिए ।
श्रीमतीले हाल पनि अफिसमा आइ झगडा गर्ने गरेको तथा श्रीमतीबाट विगत ३÷४ वर्षदेखि हिंसा सहँदै आएको भन्दै आचार्यले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको बताएका थिए । ०६९ कात्तिकमा सम्बन्ध टुटाउन भन्दै काठमाडौं महानगरपालिकासामु उनले निवेदन दिए पनि त्यहाँबाट समाधान नभएपछि यो मुद्दा काठमाडौं जिल्ला अदालत पुगेको थियो ।
यता गौतमले भने आफूलाई श्रीमानको परिवारले बस्न नदिएको र उल्टै कुटपिट गरेको जवाफ अदालतलाई बुझाएकी थिइन् । आफ्नो बहिनीलाई श्रीमानको परिवारले कुट्दा छुटाउन जाने क्रममा ससुरा र श्रीमानलाई सामान्य चोटपटक लागेको उनको भनाइ थियो ।
श्रीमानका परिवारले सँगै बस्न नदिएका कारण आफू बाध्य भएर माइती बस्नुपरेको र वातावरण भए पतिसँगै बस्न तयार रहेको उनको जवाफ थियो । यसपछि जिल्ला अदालत र उच्च अदालत दुवैले सम्बन्धविच्छेद नहुने फैसला गरेका थिए । तर उक्त फैसला नजीरविपरीत रहेको दाबसहित आचार्यले सर्वोच्चमा दोहो¥याइ पाउँ निवेदन दिएका थिए ।
यद्यपि आचार्यको दाबीविपरीत उनकी श्रीमती ०६७ को दशैंको केही अघिसम्म पनि बिहेपछिकै घरमा रहेको देखिएकोले दुवै छुट्टिएर बसेको तीन वर्ष नपुग्ने निष्कर्षमा इजलास पुगेको हो । श्रीमतीले स्वेच्छाले घर छाडेको हो वा के कुन अवस्थामा घर छाडी बस्नुपरेको हो सो समेत विचार गरे फैसला दिनुपर्ने न्यायाधीशद्वयको मत छ ।
‘..विवादको पक्षको पारिवारिक परिस्थितिको सुक्ष्म अवलोकन गरी अदालतले विचार गर्नुपर्ने र यदि स्वास्नीले लोग्नेको घर बस्न नसक्ने अवस्था भइ बाध्यतावश घर छाडेको स्थिति हो भने स्वास्नीले स्वेच्छाले घर छाडेको भनी मान्न मिल्ने अवस्था हुँदैन,’ फैसलामा छ ।
सम्बन्ध विच्छेदसम्बन्धी कानूनका व्यवस्थाले फैसला गर्दा विद्यमान् आर्थिक, सामाजिक, सांस्कृतिक, सामाजिक परिवेश, सामाजिक तथा पारिवारिक संरचना तथा परिवारभित्रको शक्ति सन्तुलन लगायत पक्षलाई बेवास्ता गर्न नमिल्ने आसय राखेको भन्दै उक्त निष्कर्षमा सर्वोच्च पुगेको हो । फैसलामा भनिएको छ, ‘यदि उल्लेखित पक्षलाई अनदेखा गर्ने हो भने लोग्नेले सम्बन्ध विच्छेद गर्न चाहेमा जुनसुकै बखत स्वास्नीलाई घर बस्न नसक्ने परिस्थिति सृजना गरी स्वास्नी घर छाडी बाहिर बस्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्ने र सो अवस्थामा समेत स्वास्नीले तीन वर्षभन्दा बढी अवधि लोग्नेलाई छाडी बाहिर बसेको भनी लोग्नेले स्वास्नीसँग सम्बन्धविच्छेद गर्न पाउने अवस्था उत्पन्न हुन जान्छ ।’
श्रीमातीको परिवारले कुटेको भन्ने आरोपलाई पनि सर्वोच्चले गम्भीर चोटपटकको रुपमा लिएको छैन । लोग्नेको ज्यान जानेगरी अंगभंग वा शारिरीक चोट दिएमा, प्रपञ्च गरेमा समेत सम्बन्धविच्छेदको आधार तयार हुन्छ । तर फोटो र स्वास्थ्य जाँच पुर्जासमेतका आधारमा त्यस्तो नदेखिएको फैसलामा छ ।
‘..वादीको स्वास्थ्य जाँच पुर्जाबाट निजको औंला र अनुहारमा चोट लागेको देखिए तापनि त्यसलाई ज्यान जानसक्ने हिसाबको घातक भन्ने देखिँदैन,’ फैसलामा छ, ‘वस्तुतः लोग्ने स्वास्नीबीचको झगडालाई सामान्य रुपमा लिने भएकोले नै कानूनमा पनि सामान्य घाउचोट पीडाको अवस्थालाई बाहेक गरी ठूलो शारिरीक कष्ट पीडालाई मात्र सम्बन्धविच्छेदको आधार बनाइएको बोधगम्य नै छ ।’
साथै श्रीमतीले नै हात छोडेको पुष्टि नहुने तथा अंगभंग हुनेसम्मको ठूलो शारिरीक कष्ट मान्न नमिल्ने फैसलामा छ । साथै श्रीमतीबाट शारिरीक र मानसिक कष्ट भोग्दै आएको भन्ने आचार्यको दाबी वादीकै फिरादबाट खण्डित हुने ठहर इजलासको छ । उनी माइती बस्दै आएकाले शारिरीक कष्ट दिनु सम्भव नभएको फैसलमा छ । सामान्य झैझगडा वा बेमेललाई मानसिक कष्टका रुपमा मान्न नमिल्ने न्यायाधीशद्वयको मत छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Bacanaplay4, e aí galera! Descobri essa plataforma e tô curtindo demais. Variedade de jogos e bônus que dão um gás na jogatina! Recomendo pra quem busca diversão! Dá uma olhada em bacanaplay4.