घरबाटो सिफारिसका लागि १५ लाख घूस लिएका वडाध्यक्ष भ्रष्टाचारी ठहर, ३१ गते सजाय निर्धारण हुने

इसमाद इसमाद    169 Views
घरबाटो सिफारिसका लागि १५ लाख घूस लिएका वडाध्यक्ष भ्रष्टाचारी ठहर, ३१ गते सजाय निर्धारण हुने
0Shares

२७ असार, काठमाडौं

बनेपा नगरपालिकाका वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतले भ्रष्टाचारी ठहरग रेको छ । उनीमाथि ३१ गते सजाय निर्धारण हुने भएको हो ।

बिहीबार विशेष अदालतले उनलाई कसूरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाले यस्तो फैसला गरेका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपाको वडा नंं ९ का अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारको टोली खटिएको थियो । टोलीले बादेलाई १५ लाख घूस लिइसकेको अवस्थामा गत वर्ष ३ माघमा पक्राउ गरेको थियो भने २६ माघ ०८० मा मुद्दा दायर भएको थियो ।

यस मुद्दामा बादेलाई दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि पेस गर्ने आदेश भएको हो । दुवै पक्षको बहसपछि उनलाई कति सजाय गर्ने भन्ने तय हुनेछ ।

3 thoughts on “घरबाटो सिफारिसका लागि १५ लाख घूस लिएका वडाध्यक्ष भ्रष्टाचारी ठहर, ३१ गते सजाय निर्धारण हुने

  1. jiliko – Jiliko Online Casino Philippines: Secure Jiliko Login, Register, App Download & Best Slots. Experience Jiliko Online Casino Philippines! Enjoy secure Jiliko login, fast Jiliko register, and top Jiliko slots. Jiliko app download now for the best PH gaming. visit: jiliko

Leave a Reply to jiliko Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार