180 Views
२७ असार, काठमाडौं
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएकी छिन् । बिहीबार उनलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय तोकेको हो ।
गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको विशेष अदालतले जनाएको छ । साथै उनलाई १० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ ।
गीतामाथि ०७९ को ७ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापा सम्मिलित इजलासबाट फैसला आएको हो ।
गीताले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ९ स्थित श्री शिव माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढाउँदै आएकी थिइन् । उनी त्यहाँ राहत शिक्षकका रुपमा कार्यरत थिइन् ।
उक्त पदका लागि उनले नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । उनले भारतबाट एउटै तहका दुई वटा माध्यमिक उत्तीर्ण सरहका (कक्षा १०) प्रमाणपत्र ल्याएकी थिइन् ।
अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । गीताले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १६(१) बमोजिम कसुर गरेको भन्दै इजलासले उनलाई सजाय सुनाएको हो ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
I am continuously searching online for ideas that can benefit me. Thx!
Yo, 100 jilislot got some fire slots! Been hitting some nice wins lately. The layout’s clean, easy to find what you’re looking for. Worth checking out if you’re chasing those jackpots! Go check out 100jilislot now!