गुल्मी पहिरो : एकै परिवारका पाँच जनाको मृत्यु

इसमाद इसमाद    110 Views
0Shares

१५ असार, काठमाडौं

पहिरोका कारण गुल्मीमा एकै परिवारको पाँच जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शुक्रबार राति आएको पहिरोमा परी मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा उक्त दुखद घटना हुन पुगेको हो ।

पहिरोमा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार ५५ वर्षिय भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिकको मृत्यु भएको हो ।

उक्त पहिरोमा परी भेषबहादुरकी नातिनीहरु सपना विक र बिपना विकको पनि ज्यान गएको छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी टोलीले मृतकको शव संलकन गरेको छ ।

2 thoughts on “गुल्मी पहिरो : एकै परिवारका पाँच जनाको मृत्यु

  1. Looking for something a bit tamer? pg13game is surprisingly fun. It has a good mix of casual and slightly more challenging games to keep you entertained. Perfect for killing some time. Give pg13 a go!

  2. [5114]Jiliapp Login, Register & Casino APK | Best Online Slots Philippines Experience the best online slots in the Philippines at Jiliapp. Login or register now to download the official casino APK and enjoy top-tier gaming on the go! visit: jiliapp

Leave a Reply to pg13 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार