95 Views
१४ असार, काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो ।
पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो । जसपछि उनीमाथि गत १० वैशाखमा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनको प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली रहेको देखिएको थियो । झुठा अनुमतिपत्रका आधारमा उनले शिक्षण सुरु गरेपछि सजाय सुनाइएको हो ।
यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो । विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
यसैगरी विशेषले तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेललाई पनि सजाय सुनाएको छ । उनीमाथि अख्तियारले गत २९ फागुनमा मुद्दा चलाएको थियो ।
जसमाथि विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलसाले सुनुवाइ गरेको हो । पौडेललाई विशेषले ३ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।
तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई सजाय सुनाइएको हो । उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसीबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमणपत्र पेस गरी नियुक्ति लिएकी थिइन् ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
444win7 is pretty solid. I like the layout, and they seem to have a decent selection of games. Just sayin’, might be worth a peek! Happy spinning at 444win7.
[5186]Lodi646 Online Casino: Login, Register & Slots Bonus App Join Lodi646 Online Casino, the Philippines’ premier site for slots and betting. Register now to claim your bonus, login securely, and play on our mobile app today! visit: lodi646