138 Views

अमेरिकामा अंग्रेजी नयाँ वर्ष २०२५ को दिन दर्जनभन्दा बढी मान्छेको ज्यान जानेगरी भएको दुर्घटनाका आक्रमणकारीले आफू इस्लामिक स्टेटबाट प्रेरित भएको बताएका छन् । बिबिसीका अनुसार उनले यस्तो बोलेको भिडियो अपलोड गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो जानकारी दिएका हुन् । ज्यानुअरीको पहिलो दिन बुधबार नै न्यू अर्लिन्समा जम्मा भएको भीडमा ती व्यक्तिले गाडी चलाएका थिए । उनको भनाइमा उनी जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित हुन् र मान्छेहरुको हत्या गर्ने उनको इच्छा थियो ।
नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उक्त सहरमा भएको आक्रमणमा परी कम्तीमा पनि १५ जनाको मृत्यु भएको थियो भने तीन दर्जन घाइते भएका थिए । एक टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरेका हुन् साथै आरोपी व्यक्तिबारे थप अनुसन्धान चलिरहेको उनको भनाइ थियो ।
अमेरिकी अनुसन्धान अधिकारीहरूले भीडमा गाडी चलाउने व्यक्तिको पहिचान भइसकेको जनाएका छन् । उनीहरूका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय शमसुद–दिन जब्बर हुन् । उनी अमेरिकी नागरिक नै हुन् । साथै उनी पूर्व अमेरिकी सैनिक रहेकोसमेत खुलेको छ ।
घटनालगत्तै प्रहरीले गोली चलाउँदा उनी मारिएका थिए । जब्बरले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए । संघीय जाँच ब्यूरो (एफबिआइ) का अनुसार उनले कुदाएको गाडीमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको छ । यसै कारण एफबिआइले उक्त घटनालाई आतंकवादी कार्यको रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त घटनाका निम्ति जब्बर एक्लोलाई दोषी मान्न नमिल्ने तथा अन्य व्यक्तिको संलग्नता हुनसक्ने अमेरिकी अधिकारीले बताएका छन् । आक्रमणमा प्रयोग भएको ट्रक र अर्को क्षेत्रमा सम्भावित विस्फोटक पदार्थहरू भेटिएको छ । (एजेन्सी)
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च
ट्राफिकले साँचो वा लाइसेन्स खोस्ने अभ्यासमा रोक, सर्वोच्चको निर्देशन
अभियोगपत्र संशोधन विवाद अझै टुंगिएन, सर्वोच्चले फेरि दियो आदेश
कानून व्यवसायी महिलाको ३२औं राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने
6566bet1, cheguei pra testar e até agora tô impressionado. Os odds são competitivos e a variedade de jogos é show! Vamos ver se a banca sobe! Confere aqui: 6566bet1