196 Views
११ असार, काठमाडौं
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको छ। यससँगै कोशीको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको पद जोगिएको छ।
मंगलबार सर्वोच्चको पूर्ण इजलासबाट यस्तो फैसला भएको हो। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदी सम्मिलित इजलासले यस्तो फैसला गरेको हो।
केदार कार्कीले एउटै धाराअनुसार दुई पटक सरकार गठनका लागि आह्वान गर्न नपाइने दाबी रिटमा गरेका थिए । तर सर्वोच्चले भने धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अबस्थामा धारा १८८(२) बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्य मन्त्रीले विश्वासको मत नलिएको भन्दै रिट खारेज गरेको हो ।
सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार यस्तो अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरी नयाँ सरकार गठन भइ सो सरकारले विश्वासको मत समेत लिएको देखिन आएकोले रीट खारेज हुने फैसला भएको जानकारी दिए ।
‘यो विषयमा २–४ दिनमै पूर्णपाठ आउँछ । तत्कालका लागि संक्षिप्त फैसला पनि लिखित छैन,’ उनले भने ।
केदारले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। यद्यपि सर्वोच्चले उक्त माग अस्वीकार गर्दै रिट खारेजीको फैसला गरेको हो।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
For most up-to-date news you have to pay a quick visit web and on world-wide-web I found this
website as a most excellent web page for latest updates.
My webpage Start now