106 Views
२८ पुष, काठमाडौं
सिरहाको नरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैत भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले हिनामिना गरेको मुद्दामा उनीहरुलाई दोषी पाएको हो ।
विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाइएको छ । उनीहरुले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवाना समेत तिर्नुपर्ने फैसलामा उल्लेख छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले ६ महिना अघि दायर यस मुद्दामा फैसला गरेको हो । २५ असार ०८१ मा दायर यस मुद्दामा दुवै जनामाथि कसूर कायमको फैसला भएको हो । उनीहरुले औषधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
आर्थिक वर्ष ०७४÷७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भइ खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको भन्दै उजुरी परेको हो । अख्तियारको अनुसन्धान अनुसार गाउँपालिकाले कूल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेको थियो ।
तर १६ हजार ४१ लाख रुपैयाँबराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाउन नसकेको तथा स्टोरमा पनि नभेटिएको विशेषले राय किताबमा उल्लेख गरेको छ ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
Just spun some reels on 88vin.stone. UI is solid, payouts aren’t too shabby. Definitely worth a punt. 88vin.stone