220 Views
१९ मंसिर, काठमाडौं ।
चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारसँग मिलेर डिजिटल सुरक्षा र साक्षरताको क्षेत्रमा काम गर्ने भएको छ । मंगलबार आयोजित डिजिटल सुरक्षा सम्मेलनमा टिकटकका अधिकारीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यसका लागि सरकारसँग मिलेर कार्य गर्न प्लाटफर्म तयार रहेको टिकटकले जनाएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता भएकोमा टिकटकलाई बधाई दिएका थिए भने सरकार टिकटकसँग मिलेर कार्य गर्न तयार रहेको बताएका थिए ।
टिकटकको सार्वजनिक नीति र सरकारी सम्बन्धका दक्षिण एसियाली प्रमुख फिरदौस मोटाकिनले युवा र बाल प्रयोगकर्ताको अनलाइन सुरक्षा र हितलाई सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको भन्दै त्यसैका लागि सरकारको सहयोग आवश्यक भएको बताए ।
यसैगरी टिकटकको सार्वजनिक नीति तथा साझेदारी कार्यक्रमकी प्रमुख जारा बासारत हिग्सले डिसेम्बर महिनाको अन्त्यमा डिजिटल सुरक्षाबारे महत्वपूर्ण घोषणा हुने बताइन् । दक्षिण एसियाकै अन्य मुलुकमा टिकटकले विभिन्न कार्यक्रम गरिरहेको बताउँदै उनले नेपालको शैक्षिक क्षेत्रमा योगदान दिन सकिने धारणा राखेकी थिइन् ।
टिकटकको पहुँच र साझेदारी कार्यक्रमकी व्यवस्थापक सिद्रा जलीलका अनुसार सुरुमा मनोरञ्जनको उद्देश्यले प्लेटफर्मको विकास भए पनि टिकटकले सिर्जनशिलता र शिक्षाजस्ता कुरालाई पनि सँगै प्रवद्र्धन गरिरहेको छ । डेढसय मुलुक र त्यहाँका ७५ भाषामा टिकटक प्रयोग भैरहेकोले यस एपले सिर्जनालाई प्रोत्साहन गरेको उनको भनाइ थियो ।
टिकटकका अनुसार हालसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरिएका ६ लाख ७८ हजार भिडियो हटाइएका छन् । यसमा २४ घण्टाभित्र ९३.२ प्रतिशत भिडियो हटाइएको र ९९.१ प्रतिशत भिडियोलाई पब्लिस हुनुअघि नै सिस्टमले हटाएको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख नविन्द अर्यालले पछिल्लो समय नेपालमा सामाजिक संजालबाट वित्तिय अपराधका घटना बढेको बताए । यस्ता घटना न्यूनीकरणका लागि प्रहरीको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले टिकटक लगायतका सामाजिक सञ्जालहरु पनि उत्तरदायी बन्नुपर्ने धारणा राखे । पाठ्यक्रम विकास केन्द्रसँग मिलेर साइबर सुरक्षा र साक्षरताबारे पाठ्यक्रम तयार भैरहेको र चाँडै लागू हुने अर्यालले जानकारी दिए ।
देउवा पुगे सर्वोच्च आयोगको निर्णय बदर गर्न माग
रविविरुद्ध दुई अभियोग कायम नरहने निर्णय फिर्ताको मागसहित रिट दर्ता
तिलाठीका प्रमुख प्रशासकीय अधिकृत यादवलगायत ७ प्रतिवादीलाई सफाइ
आफैले गरेको निर्णय महान्यााधिवक्ताले गरिन् संशोधन : रवि मात्र नभइ सबै प्रतिवादीको हकमा दुई मुद्दा कायम नरहने
अभियोगपत्र संशोधन गर्ने ‘छनौटपूर्ण निर्णय’ को विरोध, फिर्ता लिन बारको माग
E aí, galera! Pinatawinsbr tá bombando! Tô curtindo demais os jogos e os bônus são show! Se você tá procurando um lugar novo pra se divertir, dá uma olhada lá. Vale a pena! Vai lá conferir pinatawinsbr!